Pages

दार्जिलिङमा 'जन कर्फ्यू';

Monday 12 August 2013
काँकडभिट्टा, श्रावण २९ - पश्चिम वंगालका मुख्यमन्त्री ममता वेनर्जीको अभिव्यक्तिको विरोध गर्दै छुट्टै राज्य गोर्खाल्याण्डका समर्थकहरुले दार्जिलिङमा आज विहानैदेखि 'जन कर्फ्यू' लगाएका छन् । वेनर्जीले गत शनिवार ७२ घण्टाभित्र आनदोलन फिर्ता लिन दिएको अल्टिमेटमको विरोधमा समर्थकहरुले जन कर्फ्यूमार्फत विरोध जनाएका हुन् । समर्थकहरुले सडकमा ननिस्किकनै घरभित्रै गरिने विरोधको शैली लाई जन कर्फ्यू भनिएको छ । दार्जिलिङका पत्रकार विमल राईले जन कर्फ्यूका कारण विहानदेखि दार्जिलिङ सुनसान वनेको छ । सडक र वजारमा सुरक्षाकर्मीको मात्रै वाक्लो उपस्थिति देखिएको छ । यसैवीच गोर्खा जनमुक्ति मोर्चासहितका ८ दलले विहीवारदेखि चार दिनसम्म हड्तालको कार्यक्रम स्थगित गर्ने जनाएका छन् । उनीहरुले वन्दका कारण सर्वसाधारणले सास्ती पाएको भन्दै हड्ताल चार दिन स्थगित गरेका हुन् ।
पर्वत पोर्तेल / प्रकाशित मिति: २०७० श्रावण २९ / ekantipur.com

No comments:

Post a Comment