Pages

खोलाले बगाउँदा एकको मृत्यु, चट्याङबाट चार घाइते;

Wednesday 14 August 2013
पूर्वेली टाईम्स August - 13 - 2013
दमक झापाको राजगढमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । आज विहान ८ बजेतिर स्थानीय अदुवा खोलाले बगाउँदा राजगढ ९ का ४० बर्षीय बीरबल राईको ज्यान गएको हो । जंगलबाट घाँस काटेर फर्कंदै गरेका उनी खोला तर्ने क्रममा बगेका थिए । खोलाले बगाएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलभन्दा केही तल उनको शव फेला परेको थियो ।
मृतकको शव पोष्टमर्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनासम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उता आज विहान ६ बजेतिर परेको चट्याङका कारण झापाको चन्द्रगढीमा चारजना घाइते भएका छन् । चन्द्रगढी ४ स्थित सुकुम्वासी बस्तीमा परेको चट्याङबाट स्थानीय ४० बर्षीय सुमी हेमरम, उनका छोराहरू १२ बर्षीय उमेश र २३ बर्षीय सिमलाल तथा १४ बर्षीय भतिज राजन हेमरम घाइते भएका हुन् । सामान्य घाइते उनीहरू मेची अञ्चल अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर एउटा कुकुरको भने ज्यान गएको थियो ।

No comments:

Post a Comment