Pages

मोडलिङलाई करियर बनाउने छविलालको सोचाई;

Wednesday 14 August 2013
पूर्वेली टाईम्स August - 14 - 2013
उलार्बारी । मिस्टर उर्लाबारीको उपाधि विजेता मोरङ, पथरीका छविलाल विश्वकर्मा मोडलिङलाई करियर बनाउने सोचाईमा छन् । मिस्टर मोरङको सेकेन्ड रनरअप भैसकेका २२ वर्षीय छविलाल पथरी बहुमुखी क्याम्पसमा विविएस तेस्रो वर्षमा अध्ययरत छन् ।
‘मिस्टर उर्लाबारी भएपछि जिम्मेवारी बढेको महशुस गरेको छु’, उनले भने । राष्ट्र निर्माणमा तपाईको भूमिका कस्तो रहने छ भन्ने प्रश्नमा छविलालले ‘राष्ट्र निर्माणका लागि आफूले ज्यानै दिनु परेको अवस्थामा पनि पछाडि नहट्ने’ उत्तर दिएपछि उनलाई मिस्टर उर्लाबारी घोषित गरिएको थियो । उनले छ जना पूर्वेली युवाहरुलाई पछि पार्दै मिस्टर उर्लाबारीसँगै आकर्षक पुरस्कार प्राप्त गरे । उनले समाजका लागि सक्दो योगदान पुर्‍याउने लक्ष्य लिएका छन् ।

यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभा प्रस्फुटन र क्षमता विकासका लागि सघाउ पुर्‍याउने उनको अनुभव छ । मोडलिङमा सानैदेखि सौख रहेको कारण यस क्षेत्रमा लागेको उनले बताए । व्यक्तित्व विकासको रूपमा मोडलिङलाई लिएको बताउने छविलाल राम्रो म्यूजिक भिडियोबाट अफर आएको खण्डमा यसै क्षेत्रमा जम्ने सुरमा छन् । उनले भने यस क्षेत्रमा लागेर बाँच्ने आधारहरु तयार बन्दै गएको छ । मोडलिङ क्षेत्रका बारेमा समाजमा रहेको नकारात्मक सोचलाई हटाउन जनचेतना अभिबृद्धि गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । ‘आफूले सिकेका राम्रा कुरा समाजमा फैलाउन चाहन्छु’, उनले थपे ।

अहिलेसम्म प्रेमको चक्करमा नपरेको उनले दाबी गरेका छन् । प्रेमका बारेमा उनले यसरी प्रस्ट पारे, ‘प्रेम दुई आत्माको मिलन हो, यो संसार प्रेममा अडि्एको छ ।’ मानव विकासको लागि सेक्स आवश्यक रहेको उनले औंल्याए । विवाहअघिको सेक्सलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने मन मिलेरै सेक्स गरिन्छ भने त्यसलाई अन्यथा सोच्नु हुँदैन, तर समाजले त्यसलाई कसरी लिन्छ भन्ने कुरा महत्वपूर्ण हो ।
हाइटी, क्यूट र बाहिर रफ भएपनि यथार्थमा आफू सिम्पल भएको उनले बताए ।

सरोज बस्नेत

No comments:

Post a Comment