Pages

खरेलको दाबी प्रमाणित भो त, जेल जाने होइन ग्रिहमन्त्रीज्यू ?

Monday 2 June 2014

हुन त वामदेवलाई कसले नैतिकता भएको भन्छ र ? उनैका पार्टीका नेता प्रदीप नेपालले राष्ट्रको एक नंबर भ्रस्टाचारी घोषणा गरेकै थिए । त्यति हुँदापनि वामदेव चुपचप सहेरै बसे, पचाए । आफैं गिहमन्त्री भएर ट्राफिक नियम उल्लंघन गर्दापनि उनले माफीसम्म मागेनन् । यस्ताको के नैतिकता हुने ? तर अब भने उनमा अलिकति मात्रैपनि नैतिकता छ भने राजिनामा दिनुपर्छ । किनभने नेपाल प्रहरीका डिआइजीहरुले एआइजीमा बढुवा हुनका लागि नेताहरुको घरमा पैसाको ब्रिफकेश बोकेर हिँड्छन् भनेर रमेश खरेलले दिएको दाबी अन्तत प्रमाणित भएको छ । 
रमेश खरेलले त बिरालाका घाँटीमा घण्टी बाँध्ने हिम्मत पो गरेका रहेछन् । हिजै नेपाल प्रहरीको एआइजी बढुवामा सिफारिस भएका पाँच जना डिआइजीहरुले आफूमाथि अन्याय भएको भन्दै लोकसेवा आयोग समिक्ष पुनरावलोकनका लागि उजुरी दिए । रमेश खरेलले भने झैं ‘नोट सहितको ब्रिफकेश दिने र ए आइ जीमा बढुवाको पद लिने काम भएको छ भन्दै लोकसेवा आयोगसित छानबिन गर्न उजुरी हाले । यसले के सिद्द गर्यो भने नोटको ब्रिफकेश सित ए आइ जी पद साटिएको रहेछ । रमेश खरेल एक्ला रहेनछन् । खरेलले हावाका तालमा, आबेग र आकोशमा, ग्रिहमन्त्री मन नपरेर बोलेका होइन रहेछन् ।
किनभने त्यो अभिव्यक्ति दिएपछि प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी रमेश खरेललाई कारवाही स्वरुप सरुवा गरेका थिए ग्रिह मन्त्रीले । त्यति मात्रै होइन उनमाथि थप कारवाहीकालागि प्रहरी प्रधान कार्यालयले डिआइजी विज्ञान शर्माको संयोजकत्वमा छानबीन समिति गठन गरेको थियो । त्यो समितिको मुख्य उद्देश्य रमेश खरेललाई थप कारवाही गर्ने थियो ।
डिआइजी नारायण बास्ताकोटी, गणेश राई, यादब अधिकारी, परशुराम खत्री र सुशीलवरसिंह थापाले बढुवामा आर्थिक चलखेल भएको छ । हामीमाथि अन्याय गरिएको छ पैसाको लेनदेन गरेर । त्यसैले त्यो नियमसम्मत भएन । छानबिन गरि पाऊँ, न्याय पाऊँ भन्दै लोकसेवा आयोगमा उजुरी हालेपछि वामदेवले फेरि भ्रस्टाचार गरेको सिद्द भएन र ? रमेश खरेल एक्ला रहेछन् त ब्रिफकेशभरि नोट बोकेर ए आइ जी पद साटेको पत्तो पाउने ? एमालेले भन्न सक्छ उजुरीकर्ता पाँचै जना डि आइ जीहरु एमाले बिरोधी, ग्रिहमन्त्री बिरोधी हुन् भनेर ?
अब रमेश खरेललाई दिएको मानसिक तनाब, यातना र कारवाही बिरुद्द सरकारले माफि माग्नु पर्छ । पहिले वामदेवलाई भ्रस्टाचारीका रुपमा जेल हाल्नु पर्छ । ग्रिहमन्त्रीबाट राजिनामा आफैंले नदिए प्रधानमन्त्री सुशिल कोइरालाले वामदेवलाई बर्खास्त गर्नुपर्छ । यो घटनामा नेकपा एमाले जनता, सुरक्षा निकायसित माफी माग्नुपर्छ । वामदेवले आनाकानी गरे, एमालेले पुच्छर लुकाउँदै सहेमा प्रधानमन्त्रीले दह्रो निर्णय लिनुपर्छ। त्यसमा एमालेकै असल कार्यकर्तालेपनि साथ दिनुपर्छ । वामदेवलाई कारवाहीका लागि दबाब दिनुपर्छ । त्यसको लागि जनतालेपनि चारैतिरबाट दबाब दिनु जरुरि छ ।
Copy from nepalplus.com

Read more ...