Pages

पूर्वमा फेरि डेबिडको आतंक

Monday 23 September 2013
सुमन पुरी/उज्यालो
इटहरी, असोज ७ – इटहरी चोकमा बम बिस्पोट गराएको अभियोगमा पक्राउ परेर रिहा भएका खम्बुवान मुक्ति मोर्चाका प्रवक्ता डेबिड भनिने हीरालाल सुनुवारको आतङ्क फेरि शुरु भएको छ ।
बम बिष्फोट र ज्यान मार्ने उद्योगमा २०६९ चैत १५ गते पक्राउ परेका डेबिड जिल्ला अदालतको आदेशमा ०७० जेठ १५ गते छुटेका थिए ।
 
उनले सुनसरीका पेट्राल पम्पहरुमा २ लाख रुपैयाँसम्म चन्दा मागेर पत्र पठाएका छन् । केही उद्योगी र केही व्यक्तिसँग समेत चन्दा मागेको फेला पारेको छ ।
दुईहप्ताअघि डेबिडले नै सुनसरी क्षेत्र नम्बर ३ का नेकपा एमालेका नेता तैयब हुसेनलाई ज्यान मार्ने धम्की दिएको खुलेको छ । डेबिडको चन्दा आतङ्क र धम्कीका घटना सार्वजनिक हुने वित्तिकै प्रहरी सक्रिय भए पनि अहिलेसम्म उनलाई फेला पार्न सकेको छैन ।
 
सुनसरी इटहरीको विरेन्द्र चौकमा २०६९ चैत १५ बम विस्फोट गराएपछि प्रहरीले उनलाइ पक्राउ गरेको थियो । बम बिस्पोटका क्रममा सुनसरीका तत्कालीन प्रहरी प्रमुख एसपी राजु मानन्धरसहित दुई दर्जन सर्वसाधारण घाइते भएका थिए ।
घटनापछि पूर्व क्षेत्रका प्रहरीले डेबिडलाई समात्न विशेष अप्रेसन नै सुरु गरेको थियो । पक्राउ गरेर पेश गर्दा अदालतले उनलाई ०७० जेठ १५ गते छाड्ने आदेश दिएको थियो ।
लामो समयदेखि भूमिगत भएर आपराधिक गतिविधिमा सक्रिय डेबिडको मिसिल नै कडा हुनुपर्ने भएपनि किन उनको मुद्दालाई कमजोर रुपमा अगाडि बढाइयो आफंैमा कौतुहलको विषय बनेको छ’ प्रहरी स्रोतले भन्यो ‘यस्तो प्रवृत्तिले प्रहरीको समेत मनोबल घटाउँछ ।’
 
कानुनी कमजोरीको भेउ पाएका डेबिडले अदालतबाट सफाईसँगै आफ्नो पुरानै भूमिगत गतिविधि अगाडि बढाएका छन् । धरान, केराबारीलगायत उत्तरी पहाडी क्षेत्रमा आश्रय बनाएर बसेको देखिने डेबिड प्रहरीको नजरबाट बच्दै आएका छन् ।
स्रोतका अनुसार डेबिडले छद्मभेषी नामबाट नक्कली नागरिकता बनाएर विदेश उड्ने अन्तिम तयारी गरिरहेका छन् । सबै कागजी प्रक्रिया पूरा गरेर अध्यागमन विभागका कारण अड्किएका डेबिड काठमाडांैबाट नभए दिल्लीबाट विदेश जान लागेको स्रोतले जानकारी दिएको छ ।
Read more ...

तीजको विशेष महत्व;

Wednesday 4 September 2013

Ekantipur/Nari-Issue:30-22-130 
हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकीले उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई नेपालीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन्। यस दिन अविवाहितले पवित्र मन-बचनले व्रत बस्दा चिताएको वर पाइने विश्वास एकातिर छ भने विवाहितहरूले आफ्ना श्रीमान्को दीर्घायु तथा सुस्वास्थ्यका लागि निराहार व्रत बस्ने चलन छ। त्यस्तै हरितालिका तीजको व्रत सकेपछि मनाइने पञ्चमीको महत्व भने फरक छ। चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिन आफ्ना लागि मनाउँछन्। पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान-अञ्जानमा गरिएका गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ। उक्त दिनलाई महिला रजस्वलासँग जोडेर हेरिएको छ। युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् र दतिवन टोक्छन् भने विवाहित महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भुलवश छोइएको भए दतिवन टोकेपछि सम्पूर्ण पाप नष्ट हुने कुरामा विश्वास गर्छन्। यद्यपि पछिल्ला दिनहरूमा यसले पनि परिवर्तनको प्रशस्त स्वाद चाखिसकेको छ। आमा-हजुरआमाका पालामा मनाइएका तीजको फ्लेवर मात्र बाँकी रहेको यो अवस्थामा समाजसेवी कमला पोखरेल भन्छिन्-भगवान्का पालामा पार्वतीको तपका कारण महादेव पति प्राप्त भएको कथन अहिलेको समयमा सान्दर्भिक नभए पनि त्यसको आफ्नै महत्व भने अवश्य छ। हरेक समाज र धर्मको आफ्नै संस्कार हुने हुँदा हामीले यसलाई निरन्तरता दिनुपर्छ।

वुमेन्स क्रियसनकी अध्यक्ष मिलु थापाका अनुसार तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ। सम्बन्ध सुधार गर्ने, त्यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो-तीज। पौराणिक कालका महादेव-पार्वतीका कथा हुन् वा हाम्रा हजुरआमाहरूले मनाउने तीजको इतिहास ती सबै सम्बन्धलाई बलियो बनाउने कसीका रूपमा प्रयोग भएका छन्। वर्तमान अवस्थामा पनि तिनको महत्व उत्तिकै रहेको थापाको भनाइ छ। अहिले मनाइने तीजमा समयसँगै परिवर्तन आए पनि ती पौराणिक एवं परम्परागत महत्वका विषयलाई बिर्सन नहुने मिलुको धारणा छ। थापा भन्छिन्-हामीले अहिले जति नै आधुनिक तरिकाले तीज मनाए पनि यसको मुहान त त्यही हो तसर्थ मूल कुरालाई बिर्सनु हुँदैन।

मानवशास्त्री तथा गोरखा फाउन्डेसनकी संस्थापक अध्यक्ष दीक्षा देवकोटाको घरमा ८५ वर्षकी हजुरआमा हुनुहुन्छ। अहिले पनि उनीहरूको परिवारमा मनाइने तीजमा टिपिकल दर पाक्छ। अनदीको लट्टे, तिलको छोप प्रयोग गरिएको करेलाको अचार, झिनाया आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई ब्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खाने परम्परागत परिकार एवं संस्कार अझै जीवितै छ-उनीहरूकहाँ। जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त नहुने दीक्षाको भनाइ छ। खाएको दर दाँतमा अड्किन नहुने चलन पनि हजुरआमाले नै सिकाउनुभएको हो। दीक्षा भन्छिन्-पौराणिक कालका तीजसँग जोडिएका कथाहरू काल्पनिक थिए वा यथार्थ यसै भन्न सकिने अवस्था छैन तर पनि हामी तथा हामीभन्दा पछिल्लो पुस्ताले हाम्रो संस्कार एवं परम्परागत धरातललाई बिर्सनु हुँदैन। दीक्षा आफू भने तीज साधारण तरिकाले मनाउँछिन्। व्रत बस्ने, पारिवारिक भेटघाटमा रमाउने क्रममै उनको तीज बित्छ । आफ्नो घरमा अघिल्लो पुस्ताकी हजुरआमा भएकीले पनि उनको घरमा मनाइने परम्परागत शैलीको तीजमा उनी बढी इन्जोय गर्छिन्। दीक्षालाई तडक-भडकपूर्ण आधुनिक तीज मन पर्दैन।

कमलाका अनुसार उहिले नेपाली नारीहरू त्यति आत्मनिर्भर तथा स्वावलम्बी नभएकाले एकदिन भए पनि मीठो-मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौंअघिदेखि त्यसलाई पर्खेर बस्थे। त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे। पुरुषहरू सदियौंदेखि स्वतन्त्र भएकाले उनीहरूका लागि यस्ता विशेष अवसर आवश्यक नभएको कमलाको तर्क छ। एकदिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाच-गान गर्ने पर्वका रूपमा आमनेपाली महिलाले तीजलाई लिने गरेको कमला बताउँछिन्। पारम्परिक विशेषतालाई निरन्तरता दिँदै सोहीअनुरूप व्रत बसेर परिमार्जित एवं परिवर्तित तीज मनाउने पोखरेलले बताइन्।
Read more ...