Pages

पूर्वमा फेरि डेबिडको आतंक

Monday 23 September 2013
सुमन पुरी/उज्यालो
इटहरी, असोज ७ – इटहरी चोकमा बम बिस्पोट गराएको अभियोगमा पक्राउ परेर रिहा भएका खम्बुवान मुक्ति मोर्चाका प्रवक्ता डेबिड भनिने हीरालाल सुनुवारको आतङ्क फेरि शुरु भएको छ ।
बम बिष्फोट र ज्यान मार्ने उद्योगमा २०६९ चैत १५ गते पक्राउ परेका डेबिड जिल्ला अदालतको आदेशमा ०७० जेठ १५ गते छुटेका थिए ।
 
उनले सुनसरीका पेट्राल पम्पहरुमा २ लाख रुपैयाँसम्म चन्दा मागेर पत्र पठाएका छन् । केही उद्योगी र केही व्यक्तिसँग समेत चन्दा मागेको फेला पारेको छ ।
दुईहप्ताअघि डेबिडले नै सुनसरी क्षेत्र नम्बर ३ का नेकपा एमालेका नेता तैयब हुसेनलाई ज्यान मार्ने धम्की दिएको खुलेको छ । डेबिडको चन्दा आतङ्क र धम्कीका घटना सार्वजनिक हुने वित्तिकै प्रहरी सक्रिय भए पनि अहिलेसम्म उनलाई फेला पार्न सकेको छैन ।
 
सुनसरी इटहरीको विरेन्द्र चौकमा २०६९ चैत १५ बम विस्फोट गराएपछि प्रहरीले उनलाइ पक्राउ गरेको थियो । बम बिस्पोटका क्रममा सुनसरीका तत्कालीन प्रहरी प्रमुख एसपी राजु मानन्धरसहित दुई दर्जन सर्वसाधारण घाइते भएका थिए ।
घटनापछि पूर्व क्षेत्रका प्रहरीले डेबिडलाई समात्न विशेष अप्रेसन नै सुरु गरेको थियो । पक्राउ गरेर पेश गर्दा अदालतले उनलाई ०७० जेठ १५ गते छाड्ने आदेश दिएको थियो ।
लामो समयदेखि भूमिगत भएर आपराधिक गतिविधिमा सक्रिय डेबिडको मिसिल नै कडा हुनुपर्ने भएपनि किन उनको मुद्दालाई कमजोर रुपमा अगाडि बढाइयो आफंैमा कौतुहलको विषय बनेको छ’ प्रहरी स्रोतले भन्यो ‘यस्तो प्रवृत्तिले प्रहरीको समेत मनोबल घटाउँछ ।’
 
कानुनी कमजोरीको भेउ पाएका डेबिडले अदालतबाट सफाईसँगै आफ्नो पुरानै भूमिगत गतिविधि अगाडि बढाएका छन् । धरान, केराबारीलगायत उत्तरी पहाडी क्षेत्रमा आश्रय बनाएर बसेको देखिने डेबिड प्रहरीको नजरबाट बच्दै आएका छन् ।
स्रोतका अनुसार डेबिडले छद्मभेषी नामबाट नक्कली नागरिकता बनाएर विदेश उड्ने अन्तिम तयारी गरिरहेका छन् । सबै कागजी प्रक्रिया पूरा गरेर अध्यागमन विभागका कारण अड्किएका डेबिड काठमाडांैबाट नभए दिल्लीबाट विदेश जान लागेको स्रोतले जानकारी दिएको छ ।

No comments:

Post a Comment