Pages

ओलीले व्याकरण बिगारेको किरातीद्वारा अरोप;

Monday 21 October 2013
चेतन अधिकारी / Ekantipur
दमक, कार्तिक ४ - एमाले नेता केपी ओलीले व्याकरण बिगारेको एमाओवादीका पूर्व पोलिटब्यूरो सदस्य गोपाल किरातीले आरोप लगाएका छन् । झापा क्षेत्र नम्बर ७ बाट उम्मेद्वार रहेका किरातीले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा आफना प्रतिष्पर्धीलाई राजनीतिक व्याकरण बिगारेको आरोप लगाएका हुन् ।  'अरु पनि बिपक्षी पाटीका नेताहरुले आरोप प्रत्यारोप गर्छन्' किरातीले भने, 'तर, ओलीले जस्तो भए नभएका शब्द, उखान र उपमा कसैले जोड्दैनन् ।' माओवादी घोषणा पत्रमा अध्यक्ष पुष्कमल दाहाललाई चर्तुवेदी उपमा दिएकोबारे सोधिएको प्रश्नमा किरातीले नयाँ शब्दको उद्भव भएको दावी गरे । झापा ७ मा संघियताको चर्को बिरोधी र संघियताको चर्को वकालत गर्ने बीचको प्रतिष्पर्धा हुने उनले बताए । टुरिष्ट उम्मेद्वारको आरोप खेपिरहेका किरातीले तोपगाछीमा १२ बर्ष अघि ससुरालीले दिएको अलिकती जग्गा र झुप्रे घर रहेको तर, त्यहाँ आएर बस्न नभ्याएको बताएका छन् ।  'म तोपगाछीको बासिन्दा हुँ' क्षेत्रीय निर्वाचन परिचालन कमिटिले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा किरातीले भने, 'यो क्षेत्रको विकासका लागि मेरो जीवनको राजिनामा गर्न पनि तयार छु ।'
प्रकाशित मिति: २०७० कार्तिक ४

No comments:

Post a Comment