Pages

के यी कुरा तपाईंलाई थाहा छ ? छैन भने जानि राख्नुस्

Monday, 21 October 2013
१.हलिउड फिल्म स्टारले जति हीरा जडीत कपडा लाउँछन् त्यो भन्दा पनि धेरै हीरा शनि र बृहस्पति ग्रहमा बर्षा  हुन्छ ।
२.फ्रान्सका पूर्व राष्ट्रपति ज्याक शिराकले नियमित रुपमा बाच्छाको टाउको खान्थे । तर, उनलाई त्यो भन्दा पनि मन पर्ने खाना शंखेकिरा हो ।
 
३.१८ महिनाको बच्चाले जान्नसक्छ की कस्ले आफ्नो काम राम्रोसँग गर्न सकिरहेको छैन ।
 
४.प्राचिन व्रिटीश नागरिकले भ्यागुताको खुट्टा खान्थे ।
 
५.अफ्रिन बाँदरहरु यति विनम्र हुन्छन् की उनीहरु आपसमा रोकतोक गर्दैनन् ।
 
६.सार्वभौम धारणा यो छ की हात्ती, गाई, बाख्रा र कुकुरलाई मुत्र त्याग गर्ने २१ सेकेन्ड मात्र लाग्छ ।
 KathmanduToday / मंगलबार, ५ कार्तिक, २०७०
Read more ...

ओलीले व्याकरण बिगारेको किरातीद्वारा अरोप;

Monday, 21 October 2013
चेतन अधिकारी / Ekantipur
दमक, कार्तिक ४ - एमाले नेता केपी ओलीले व्याकरण बिगारेको एमाओवादीका पूर्व पोलिटब्यूरो सदस्य गोपाल किरातीले आरोप लगाएका छन् । झापा क्षेत्र नम्बर ७ बाट उम्मेद्वार रहेका किरातीले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा आफना प्रतिष्पर्धीलाई राजनीतिक व्याकरण बिगारेको आरोप लगाएका हुन् ।  'अरु पनि बिपक्षी पाटीका नेताहरुले आरोप प्रत्यारोप गर्छन्' किरातीले भने, 'तर, ओलीले जस्तो भए नभएका शब्द, उखान र उपमा कसैले जोड्दैनन् ।' माओवादी घोषणा पत्रमा अध्यक्ष पुष्कमल दाहाललाई चर्तुवेदी उपमा दिएकोबारे सोधिएको प्रश्नमा किरातीले नयाँ शब्दको उद्भव भएको दावी गरे । झापा ७ मा संघियताको चर्को बिरोधी र संघियताको चर्को वकालत गर्ने बीचको प्रतिष्पर्धा हुने उनले बताए । टुरिष्ट उम्मेद्वारको आरोप खेपिरहेका किरातीले तोपगाछीमा १२ बर्ष अघि ससुरालीले दिएको अलिकती जग्गा र झुप्रे घर रहेको तर, त्यहाँ आएर बस्न नभ्याएको बताएका छन् ।  'म तोपगाछीको बासिन्दा हुँ' क्षेत्रीय निर्वाचन परिचालन कमिटिले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा किरातीले भने, 'यो क्षेत्रको विकासका लागि मेरो जीवनको राजिनामा गर्न पनि तयार छु ।'
प्रकाशित मिति: २०७० कार्तिक ४
Read more ...

गोर्खा सैनिकलाई बेलायती प्रधानमन्त्रीको पत्र;

Friday, 18 October 2013
- आन्दोलनकर्तासँग वार्ता गर्ने प्रतिबद्धता 
प्रदीप मेन्याङ्बो, धरान, कार्तिक १ - बेलायतमा लामो समयदेखि बस्दै आएका पूर्व ब्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधान गर्ने प्रतिवद्धतासहित त्यहाँका प्रधानमन्त्री डेविड क्यामरुन गोर्खा सत्याग्रह आन्दोलनकारीसँग वार्ता गर्न तयार भएका छन् । उनले सत्याग्रह आन्दोलनकारीको नाममा पत्र पठाएर अहिले चलिरहेको गोर्खा आन्दोलनप्रति आफ्नोसमर्थन रहेको जनाउदै वार्ता मार्फत समस्या हल गर्न आग्रह गरेकाले वार्ताको वातावारण बनेको सत्याग्रह आन्दोलनका संयोजक सन्तोष थलङ लिम्बुले बताए । बेलायतले वार्ता गर्ने पत्र पठाएपछि आन्दोलनकारीमा खुशियाली छाएको छ । बेलायत सरकार र गोर्खा आन्दोलनकारीवीच वार्ताका लागि मन्त्री रव विल्सनले सहजकर्ताकोरुपमा भूमिका खेलिरहेको संयोजक थलङले बताए । विल्सनले गोर्खाहरुसँग वार्ता गर्नको लागि उपयुक्त मन्त्रीको खोजी भइरहेको आन्दोलनकारीहरुलाई शुक्रबार जानकारी गराएको थलङले बताए । बेलायत सरकारले कुनै प्रतिक्रिया नदिए पूर्व घोषति् सर्वसम्मत कार्यक्रमअनुसार नैतिकताको आधारमा २५ अक्टोवर दिउसो लण्डनको संसदभवन अगाडि भिक्टोरियाक्रस विजेताहरुको नाममा अनसन र भोक हड्ताल गर्ने चेतावनी दिएपछि वार्ताको वातावारण बनेको हो । संयोजक थलङले शुक्रबार इमेलमार्फत् जानकारी दिंदै भने, 'हामी गोर्खा आन्दोलनकारीहरुलाई बेलायत सरकारले ढिलै भएपनि भीसीको नाममा हुन लागेको आमरण अनसनजस्तो सम्भावित खतरालाई पन्छाउन वार्तामार्फत समस्या समाधान गर्न प्रम क्यामरुनले पत्र लेख्नु भएको छ ।' गोर्खाहरुले ६ महिनाको अल्टिमेटम दिएर सत्याग्रह आन्दोलन सुरु गरेका थिए । आन्दोलनको अन्तिम समयमा बेलायतका सत्तापक्ष र विपक्षका डेढदर्जन सांसद, लण्डन महानगरपालिकाका मेयर बोरिस जोन्सन, बीबीसी, सीएनएन, एएफपी, रोयटर्स र बेलायतका स्थानीय मिडिया, मानवअधिकारवादी लगायतले समर्थन जनाउदै बेलायतको लागि लड्ने गोर्खाहरुलाई विभेद गर्न नहुने विचार राखेपछि त्यहाको सरकार झुक्न पुगेको विश्लेषण आन्दोलनकारीहरुको रहेका छ । यसैवीच आन्दोलनकारीहरुले वार्ताका सहजकर्ता सांसद रव विलसनलाई आउदो २४ अक्टोवर भन्दा अगाडि दुई पक्षबीच वार्ताको वातावरण मिलाइदिन आग्रह गरेका छन् । आमरण अनसन अगाडि नै वार्ता नभए बाध्यताबस पूर्व घोषित कार्यक्रम गर्ने थलङले बताए । प्रकाशित मिति: २०७० कार्तिक १/ EKantipur
Read more ...

१८ ठाउँमा मुस्लिमबीचै टक्कर!

Saturday, 12 October 2013
अब्दुल्लाह मियाँ



काठमाडौ, आश्विन २७ - लगातार कांग्रेसका मोहम्मद अफताब आलमले जित्दै आएको रौतहट २ मा यो पटक सबैजसो दलले मुसलमान उम्मेदवार खडा गरेका छन् ।

उक्त क्षेत्रमा मुसलमानको मत निर्णायक हुने भएकाले एमालेले पूर्वसभासद अब्दुलकलाम आजादलाई उम्मेदवार बनाएको छ भने, सद्भावना पार्टीले उपाध्यक्ष अब्दुल जब्बारलाई उठाएको छ । जब्बार अघिल्लो चुनावमा सोही क्षेत्रमा फोरम नेपालबाट लडेका थिए ।

सोही क्षेत्रमा फोरम नेपालले गुलाम सर्वर शेख र फोरम लोकतान्त्रिकले मुस्ताक राजालाई उम्मेदवार बनाएको छ । अघिल्लो चुनावमा उक्त क्षेत्रबाट कांग्रेसका अफताबले जितेका थिए । रौतहट २ सहित मुलुकरभर करिब डेढ दर्जन निर्वाचन क्षेत्रमा मुसलमान उम्मेदवारबीच नै टक्कर हुँदैछ । जसअनुसार पर्सा २ मा पनि मुसलमान उम्मेदवारबीच नै भिडन्त हुनेछ ।

उक्त क्षेत्रमा एमाओवादीले अस्पताल व्यवसायी धनाढ्य बसुरुद्दिन अन्सारी, सद्भावनाले फिरोज मन्सुर र फोरम गणतान्त्रिकले महासचिव शशिकपुर मियाँलाई उम्मेदवार बनाएको छ । धेरै मुसलमान उम्मेदवार भएका कारण त्यसको फाइदा भने गैर मुस्लिम उम्मेदवारलाई हुने जानकारहरू बताउँछन् ।
बारा १ मा पनि राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का डा.कमरुल्लाह अन्सारी र संघीय समाजवादीका मन्जरुल हक अन्सारीबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, सुनसरी ३ मा ठूला दललेसमेत मुसलमानलाई उम्मेदवार बनाएका कारण त्यसको फाइदा गैरमुस्लिम उम्मेदवारलाई पुग्ने देखिन्छ । एमाओवादीले हैदर अली र कांग्रेसले गोमा पराजुली अन्सारीलाई उम्मेदवार बनाएको छ ।

सुनसरी ४ मा फोरम नेपालका डा.खालिद हुसैन र केही मुसलमान स्वतन्त्र उम्मेदवारबीच र सुनसरी ५ मा पनि मुसलमान उम्मेदवारबीच भिडन्त हुँदैछ । उक्त क्षेत्रमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट अस्पताल व्यवसायी डा.अबुल हुसैन अन्सारी लड्दै छन् भने मुसलमान बाहुल्य क्षेत्र भएकाले राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) ले मोहम्मद तजमुल मन्सुरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हरबुल मियाँलाई उम्मेदवार बनाएको छ । मुसलमानको भोट बाँडिने भएकाले फाइदा गैरमुस्लिम उम्मेदवारलाई पुग्ने देखिन्छ । मुसलमानको भोटको समर्थनकै कारण अघिल्लो चुनावमा उक्त क्षेत्रबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए । अहिले पनि यादव सोही क्षेत्रमा उम्मेदवार छन् ।

यस्तैगरी, सप्तरी २ मा राप्रपाका मो.सकिल अली मियाँसहित केही स्वतन्त्र मुसलमान र सप्तरी ६ मा सद्भावनाका जस्मुल खाँ र केही स्वतन्त्र मुसलमानबीच प्रतिस्पर्धा हुँदैछ । संघीय समाजवादीका उपाध्यक्ष मोहम्मद रिजवान अन्सारी लड्न लागेको सर्लाही २ मा पनि मधेसी दलले मुसलमान उम्मेदवार खडा गरेका छन् । सोही क्षेत्रमा सद्भावनाले अफजल हुसैन (बच्चाबाबु) लाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा अघिल्लो चुनावमा एमाले उम्मेदवार भई अन्सारीले जितेका थिए । अन्सारीले नै उम्मेदवारी दिएको सर्लाही ४ मा राप्रपा नेपालका इस्लाम मन्सुरीले पनि उम्मेदवारी दिएकाले मुसलमानको भोट बाँडिने भएको छ ।   महोत्तरी ४ र ५ मा पनि मुसलमान उम्मेदवारबीच टक्कर छ ।

महोत्तरी ४ मा एमालेका इलियास अन्सारी र संघीय समाजवादीका मो.युनुस अन्सारी तथा ५ मा एमाओवादीका रजी हैदर र संघीय समाजवादीका मो.नाजीर अन्सारीबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो चुनावमा उक्त क्षेत्रबाट तमलोपाका उम्मेदवार रामकुमार शर्माले जितेर पछि एमाओवादीमा गएका थिए ।

यस्तै, नवलपरासी ५ मा पनि मुसलमान उम्मेदवार खडा छन् । उक्त क्षेत्रमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट हैदरअली मोमिन र तराई मधेस सद्भावना पार्टी (तमसपा) का उपाध्यक्ष अलाउद्दिन अन्सारीबीच भिडन्त हुँदैछ । मुसलमान बाहुल्य उक्त क्षेत्रमा भोट दुईतिर बाँडिने भएकाले फाइदा गैरमुस्लिमलाई पुग्ने देखिन्छ । अघिल्लो चुनावमा उक्त क्षेत्रबाट फोरम नेपालका उम्मदेवार रामबच्चन अहिर यादवले जितेका थिए । अहिले उनी फोरम लोकतान्त्रिकका उम्मेदवार छन् ।

रूपन्देही १ मा पनि कांग्रेसका जिल्ला सभापतिसमेत रहेका अब्दुल रज्जाक र फोरम गणतान्त्रिकका सल्लाहकार अब्दुल कैयुमबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, रूपन्देही ६ मा पनि फोरम नेपालका बसिरुद्दिन खाँ र राप्रपाका अहमद अलीबीच भिडन्त हुँदैछ ।  

अघिल्लो चुनावमा उक्त क्षेत्रमा फोरम नेपालका ओमप्रकाश यादवले जितेका थिए । यस्तै, रूपन्देही ७ मा मुसलमान उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । एमाओवादीले मकसुद अली, फोरम नेपालले फकरुद्दीन खाँ र फोरम लोकतान्त्रिकले मुहम्मद वकिल मुसलमानलाई उम्मेदवार बनाएको छ । अघिल्लो चुनावमा फोरम नेपालबाट वकिलले चुनाव जितेका थिए । अली अघिल्लो चुनावमा पनि माओवादीबाट सोही क्षेत्रमा लडेका थिए ।

कपिलवस्तु ५ मा पनि धेरैजसोले मुसलमान उम्मेदवार खडा गरेकाले उनीहरूबीच नै टक्कर हुने देखिन्छ । उक्त क्षेत्रमा एमाओवादीका जावेद खान, सद्भावनाका युवा मिर्जा अरसद बेग, रामसपाका मोहम्मद मुस्तफा र राप्रपा नेपालका इजहार खानबीच भिडन्त हुनेछ । उक्त क्षेत्रमा मुसलमानको भोट धेरैतिर बाँडिने भएकाले त्यसको फाइदा कांग्रेसका वीरेन्द्रप्रसाद कनौडिया वा अघिल्लो पटक जितेका फोरम नेपालका अभिशेषप्रताव शाहलाई हुने जानकारहरूको बुझाइ छ ।

यस्तै बाँके २ मा पनि फोरम नेपालका मोहम्मद इस्तियाक राई र राप्रपाका इश्रतअली मुकेरीबीच टक्कर हुँदैछ । अघिल्लो चुनावमा त्यहाँ फोरम नेपालका राईले जितेका थिए ।
प्रकाशित मिति: २०७० आश्विन २७ / EKantipur
Read more ...

फर्काइए शरणार्थी;

Saturday, 12 October 2013
चेतन अधिकारी
दमक , आश्विन २७ - तेस्रो देश पुनर्बासका लागि शिविरबाट काठमाडौँ पुर्‍याइएका भूटानी शरणार्थीलाई पुन शिविरमै फिर्ता ल्याइएपछि उनीहरुको बिचल्ली भएको छ । दसैंको मुखमा तीन दिन अघि २० शरणार्थीका परिवारलाई शिविरमै फर्काइएको शिविर व्यवस्थापन समितिहरुले जनाएका छन् ।  बेलडाँगी शिविरका सचिव सञ्चपाल सुब्बाका अनुसार झापाको बेलडाँगी र मोरङको पथरीबाट अमेरिका पुनर्बासमा लगिएकाहरुलाई उचित कारण नदेखाइ अन्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)ले शिविरमै ल्याएर छोडिदिएको छ । पुनर्बासको तयारी भएपछि शरणार्थीहरुले लत्ताकपडा, सबै बिक्री गरेका थिए । सात दिन अघि शिबिरबाट काठमाडौँ उडाइइपछि उनीहरुका छाप्रामध्ये केहीमा अन्य शरणार्थीलाई सारिएको थियो भने केही छाप्रा भत्काइएको थियो । फर्काइएका शरणार्थीलाई व्यवस्थापन गर्न आफूहरुलाई धौ-धौ परेको सचिव सुब्बाले जानकारी दिए । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (यूएनएचसिआर)ले फर्काइएका शरणार्थीलाई सबै व्यवस्था गरेको जनाए पनि रासनमात्र बितरण गरेको पीडितहरुले बताएका छन् । उनीहरु आफन्तको आश्रय लिएर बसेका छन् । उनीहरुलाई फर्काउनुको कारणबारे यूएनएचसिआरले कुनै निश्चित कारण नखुलाएको सुब्बाले बताएका छन् । प्रकाशित मिति: २०७० आश्विन २७ / EKantipur
Read more ...

पूर्वमा फेरि डेबिडको आतंक

Monday, 23 September 2013
सुमन पुरी/उज्यालो
इटहरी, असोज ७ – इटहरी चोकमा बम बिस्पोट गराएको अभियोगमा पक्राउ परेर रिहा भएका खम्बुवान मुक्ति मोर्चाका प्रवक्ता डेबिड भनिने हीरालाल सुनुवारको आतङ्क फेरि शुरु भएको छ ।
बम बिष्फोट र ज्यान मार्ने उद्योगमा २०६९ चैत १५ गते पक्राउ परेका डेबिड जिल्ला अदालतको आदेशमा ०७० जेठ १५ गते छुटेका थिए ।
 
उनले सुनसरीका पेट्राल पम्पहरुमा २ लाख रुपैयाँसम्म चन्दा मागेर पत्र पठाएका छन् । केही उद्योगी र केही व्यक्तिसँग समेत चन्दा मागेको फेला पारेको छ ।
दुईहप्ताअघि डेबिडले नै सुनसरी क्षेत्र नम्बर ३ का नेकपा एमालेका नेता तैयब हुसेनलाई ज्यान मार्ने धम्की दिएको खुलेको छ । डेबिडको चन्दा आतङ्क र धम्कीका घटना सार्वजनिक हुने वित्तिकै प्रहरी सक्रिय भए पनि अहिलेसम्म उनलाई फेला पार्न सकेको छैन ।
 
सुनसरी इटहरीको विरेन्द्र चौकमा २०६९ चैत १५ बम विस्फोट गराएपछि प्रहरीले उनलाइ पक्राउ गरेको थियो । बम बिस्पोटका क्रममा सुनसरीका तत्कालीन प्रहरी प्रमुख एसपी राजु मानन्धरसहित दुई दर्जन सर्वसाधारण घाइते भएका थिए ।
घटनापछि पूर्व क्षेत्रका प्रहरीले डेबिडलाई समात्न विशेष अप्रेसन नै सुरु गरेको थियो । पक्राउ गरेर पेश गर्दा अदालतले उनलाई ०७० जेठ १५ गते छाड्ने आदेश दिएको थियो ।
लामो समयदेखि भूमिगत भएर आपराधिक गतिविधिमा सक्रिय डेबिडको मिसिल नै कडा हुनुपर्ने भएपनि किन उनको मुद्दालाई कमजोर रुपमा अगाडि बढाइयो आफंैमा कौतुहलको विषय बनेको छ’ प्रहरी स्रोतले भन्यो ‘यस्तो प्रवृत्तिले प्रहरीको समेत मनोबल घटाउँछ ।’
 
कानुनी कमजोरीको भेउ पाएका डेबिडले अदालतबाट सफाईसँगै आफ्नो पुरानै भूमिगत गतिविधि अगाडि बढाएका छन् । धरान, केराबारीलगायत उत्तरी पहाडी क्षेत्रमा आश्रय बनाएर बसेको देखिने डेबिड प्रहरीको नजरबाट बच्दै आएका छन् ।
स्रोतका अनुसार डेबिडले छद्मभेषी नामबाट नक्कली नागरिकता बनाएर विदेश उड्ने अन्तिम तयारी गरिरहेका छन् । सबै कागजी प्रक्रिया पूरा गरेर अध्यागमन विभागका कारण अड्किएका डेबिड काठमाडांैबाट नभए दिल्लीबाट विदेश जान लागेको स्रोतले जानकारी दिएको छ ।
Read more ...

तीजको विशेष महत्व;

Wednesday, 4 September 2013

Ekantipur/Nari-Issue:30-22-130 
हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकीले उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई नेपालीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन्। यस दिन अविवाहितले पवित्र मन-बचनले व्रत बस्दा चिताएको वर पाइने विश्वास एकातिर छ भने विवाहितहरूले आफ्ना श्रीमान्को दीर्घायु तथा सुस्वास्थ्यका लागि निराहार व्रत बस्ने चलन छ। त्यस्तै हरितालिका तीजको व्रत सकेपछि मनाइने पञ्चमीको महत्व भने फरक छ। चाहे विवाहित हुन् वा अविवाहित सम्पूर्ण नारीले यो दिन आफ्ना लागि मनाउँछन्। पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि जान-अञ्जानमा गरिएका गल्तीबाट मुक्ति पाइन्छ भन्ने भनाइ छ। उक्त दिनलाई महिला रजस्वलासँग जोडेर हेरिएको छ। युवतीहरू प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा सरिक हुन्छन् र दतिवन टोक्छन् भने विवाहित महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भुलवश छोइएको भए दतिवन टोकेपछि सम्पूर्ण पाप नष्ट हुने कुरामा विश्वास गर्छन्। यद्यपि पछिल्ला दिनहरूमा यसले पनि परिवर्तनको प्रशस्त स्वाद चाखिसकेको छ। आमा-हजुरआमाका पालामा मनाइएका तीजको फ्लेवर मात्र बाँकी रहेको यो अवस्थामा समाजसेवी कमला पोखरेल भन्छिन्-भगवान्का पालामा पार्वतीको तपका कारण महादेव पति प्राप्त भएको कथन अहिलेको समयमा सान्दर्भिक नभए पनि त्यसको आफ्नै महत्व भने अवश्य छ। हरेक समाज र धर्मको आफ्नै संस्कार हुने हुँदा हामीले यसलाई निरन्तरता दिनुपर्छ।

वुमेन्स क्रियसनकी अध्यक्ष मिलु थापाका अनुसार तीज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ। सम्बन्ध सुधार गर्ने, त्यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो-तीज। पौराणिक कालका महादेव-पार्वतीका कथा हुन् वा हाम्रा हजुरआमाहरूले मनाउने तीजको इतिहास ती सबै सम्बन्धलाई बलियो बनाउने कसीका रूपमा प्रयोग भएका छन्। वर्तमान अवस्थामा पनि तिनको महत्व उत्तिकै रहेको थापाको भनाइ छ। अहिले मनाइने तीजमा समयसँगै परिवर्तन आए पनि ती पौराणिक एवं परम्परागत महत्वका विषयलाई बिर्सन नहुने मिलुको धारणा छ। थापा भन्छिन्-हामीले अहिले जति नै आधुनिक तरिकाले तीज मनाए पनि यसको मुहान त त्यही हो तसर्थ मूल कुरालाई बिर्सनु हुँदैन।

मानवशास्त्री तथा गोरखा फाउन्डेसनकी संस्थापक अध्यक्ष दीक्षा देवकोटाको घरमा ८५ वर्षकी हजुरआमा हुनुहुन्छ। अहिले पनि उनीहरूको परिवारमा मनाइने तीजमा टिपिकल दर पाक्छ। अनदीको लट्टे, तिलको छोप प्रयोग गरिएको करेलाको अचार, झिनाया आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई ब्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खाने परम्परागत परिकार एवं संस्कार अझै जीवितै छ-उनीहरूकहाँ। जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त नहुने दीक्षाको भनाइ छ। खाएको दर दाँतमा अड्किन नहुने चलन पनि हजुरआमाले नै सिकाउनुभएको हो। दीक्षा भन्छिन्-पौराणिक कालका तीजसँग जोडिएका कथाहरू काल्पनिक थिए वा यथार्थ यसै भन्न सकिने अवस्था छैन तर पनि हामी तथा हामीभन्दा पछिल्लो पुस्ताले हाम्रो संस्कार एवं परम्परागत धरातललाई बिर्सनु हुँदैन। दीक्षा आफू भने तीज साधारण तरिकाले मनाउँछिन्। व्रत बस्ने, पारिवारिक भेटघाटमा रमाउने क्रममै उनको तीज बित्छ । आफ्नो घरमा अघिल्लो पुस्ताकी हजुरआमा भएकीले पनि उनको घरमा मनाइने परम्परागत शैलीको तीजमा उनी बढी इन्जोय गर्छिन्। दीक्षालाई तडक-भडकपूर्ण आधुनिक तीज मन पर्दैन।

कमलाका अनुसार उहिले नेपाली नारीहरू त्यति आत्मनिर्भर तथा स्वावलम्बी नभएकाले एकदिन भए पनि मीठो-मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौंअघिदेखि त्यसलाई पर्खेर बस्थे। त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे। पुरुषहरू सदियौंदेखि स्वतन्त्र भएकाले उनीहरूका लागि यस्ता विशेष अवसर आवश्यक नभएको कमलाको तर्क छ। एकदिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाच-गान गर्ने पर्वका रूपमा आमनेपाली महिलाले तीजलाई लिने गरेको कमला बताउँछिन्। पारम्परिक विशेषतालाई निरन्तरता दिँदै सोहीअनुरूप व्रत बसेर परिमार्जित एवं परिवर्तित तीज मनाउने पोखरेलले बताइन्।
Read more ...