Pages

प्रहरीकै संरक्षणमा अवैध धन्दा

Saturday, 22 June 2013
भैरहवा, असार ७ गते । प्रहरीकै संरक्षण र मिलेमतो तथा सहयोगमा भन्सार छलेर सामान ल्याउने र कारोवार हुने गरेको छ ।
लामो समय सम्म घुमुवा प्रहरीको संरक्षणमा यूरिया मल र चिनीको अवैध कारोवार गर्दै आएका भैरहवा स्थित गल्लामण्डीका एक व्यापारीले प्रहरीकै संरक्षणमा आफूले काम गर्ने गरेको रहस्य खोलेका हुन ।
सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीका हरिद्वार कसौधन उपनाम दारी भनेर चिनिने व्यक्तिले लुम्विनी अञ्चल प्रहरीका सादा पोसाकका प्रहरीको सहयोगमा आफूले काम गरेको बताए ।
पछिल्लो समय उनको गोदाममा प्रहरीले छापा मारेर ठूलो मात्रामा अवैध सामान बरामद गरेपछि सादा पोशाकका प्रहरीकै संरक्षणमा आफूले उक्त काम गर्दै आएको रहस्य खोलेका हुन । गल्लामण्डीमा रहेको उनको गोदाममा प्रहरीले जेठ २८ मा छापा मारेर १ सय ४० बोरा युरिया मल, तराजु, बोरा सिलाई गर्ने मेसिन भन्सार चलान गरेको थियो ।
सोही दिन भैरहवा भन्सारमा १ लाख २५ हजार धरौटी बुझाएर उनी छुटेका थिए । लुम्बिनी अंचल प्रहरी कार्यालयमा कार्यरत सादा पोशाकका प्रहरी सहायक निरीक्षक नरेन्द्र भुसाल, सत्य नारायण बानिया, जितेन्द्र यादव र रामसेवक यादवले अवैध काममा सहयोग गरेबापत आफूबाट महिनावारी असुल्ने गरेको दावी गर्नुभयो ।
आफूले व्यवसाय गरेको दिनदेखि नै उक्त घुमुवा प्रहरी टिमलाई महिनावारी रुपैयाँसम्म दिंदै आएको र महिनावारी खाएर पनि उनीहरुले अवैध माल भन्दै नाम कमाउन आफ्नो गोदाममा छापा मारेर सामान भन्सार पठाईदिएको उहाँले बताउनुभयो ।
भन्सारमा चलान गरेको भन्दा धेरै परिमाणमा आफ्नो गोदामबाट सामान प्रहरीले लगेको दावी गर्दैै सामान्य चिनीको कारोवार गर्दै आएकोमा घुमुवाहरुले नै सल्लाह दिएर मलको कारोवार सुरु गरेको समेत उहाँले बताउनुभयो । “पहिले चिनीको मात्र काम गर्थे । चिनीको कारोवार गर्दा घुमुवाहरुले मलको सिजन थाहा पाए”–उहाँले भन्नुभयो ।
Read more ...

जियाको ‘अर्को सुसाइड नोट’ भेटियो

Thursday, 20 June 2013
काठमाडौं, बलिउड अभिनेत्री जिया खानको आत्म हत्यापछि भेटिएको उनको ‘सुसाइड नोट’ उनकी आमाले प्रहरीलाई बुझाएकी छन् । तर, अर्को सुसाइड नोट जियाको ब्याईफ्रेण्ड सूरज पंचोलीको घरबाट भेटिएपछि धेरैलाई आश्चर्य पारेको छ ।
दुबै सुसाइड नोटमा लेखाईको शैली र भनाई निकै फरक पाईएको छ । जियाको आमाले प्रहरीलाई बुझाएको सुसाईड नोटमा सूरजले बलात्कार र जर्वजस्ति गर्भपतन गर्न लगाएको आरोप लगाईएको छ भने अर्को सुसाईड नोटमा सूरजलाई ‘एकदमै माया गर्ने मान्छे’को रुपमा व्याख्या गरिएको छ ।
यि विवादास्पद् दुईवटा सुसाईट नोट भेटिएपछि यसबारे बुझ्न सूरजका बुवा आदित्य पंचोली आफै अगाडी सरेका छन् ।
आदित्यले आफूले आफ्नो घरमा भेटिएको सुसाइड नोट हस्तलिखित विषेशज्ञलाई दिएको बताएका छन् । उनले एक अन्तर्वातामा भनेका छन्,‘पुलिसले यस विषयमा आफै केही गर्ने छ, मैरे मेरो तर्फबाट सुसाईट नोट हेण्डराईटिङ विशेषज्ञलाई दिएको छु जसले वास्ताविकता पत्ता लगाउन सकोस । ’

आदित्यले जिया की आमा राबिया खानलाई चुनौति दिदै भनेका छन्,‘ प्रहरीले आफ्नो काम गर्दै जान्छ तर सुसाइड नोट जियाले नलेखेको पुष्टि भएमा कानुनी कारवाहीमा जान्छौं ।’ तर जियाकी आमा राबियाले पनि आफू आदिस्यको धम्कीले नडराउने बताएकी छन् । राबियाले जियाको सुसाइड नोट नक्कली भए आफू कानुनी कारवाही भोग्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्,‘ मेरो छोरीलाई मृत्युको डर भएन, अब उ छैन, मलाई कुनै विषयको चिन्ता छैन ।’ बलिउड अभिनेत्री जियाले प्रेममा दुईहप्ता अघि आत्महत्या गरेकी थिईन ।
Read more ...

सशस्त्र युद्धका कारण बालबालिका खतरामा: राष्ट्रसंघ

Thursday, 20 June 2013
जेठ ३० – संयुक्त राष्ट्रसंघले विश्वका धेरै देशमा सशस्त्र द्वन्द्वका कारण बालबालिका गम्भीर खतरामा परेको भन्दै चिन्ता व्यक्त गरेको छ । द्वन्द्वरत पक्षको चर्चामा आउन चाहने चरित्र र संघर्षको रणनीतिका कारण बालबालिका जोखिममा परेको राष्ट्रसंघको ठहर छ । युद्ध प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षामा भएको प्रगतिका बाबजुद बालबालिका मारिने, घाइते हुने, यातनामा पर्ने या लडाकुका रुपमा भर्ती गर्ने क्रम बढेको राष्ट्रसंघको बालबालिका र सशस्त्र द्वन्द्व सम्बन्धि वार्षिक प्रतिवेदनमा उल्लेख छ । सिरिया, माली र मध्य अफ्रिकी गणराज्य कारमा बालबालिकाको स्थिति सबैभन्दा खराब देखिएको छ । प्रतिवेदनमा मालीलाई पहिलो पल्ट लज्जाको सूचीमा राखिएको छ । नेपाल र श्रीलंकालाई भने सूचीबाट हटाइएको छ । सन् २०१२ मा विश्वका केही क्षेत्रमा सकारात्मक नतिजा आएपनि सिरिया, माली र मध्य अफ्रिकी गणराज्यमा अत्यन्त चिन्ताजनक स्थिति रहेको बालबालिका र सशस्त्र संघर्ष सम्बन्धि राष्ट्रसंघका महासचिबका विशेष दूत लेइला जेरोगुइले बताउनुभयो । संघर्षका क्रममा उदाएका नयाँ पार्टी र समूहहरु बालबालिकालाई सेनामा भर्ती गर्ने, बालबालिकामाथि यौन दुव्र्यवहार गर्ने, हत्या गर्ने, अपाङ्ग बनाउने, स्कुल तथा अस्पतालहरुमा आक्रमण गर्ने जस्ता गतिविधिमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसंघका महासचिव बान की मूनले संघर्षमा बालबालिकाको प्रयोग अस्वीकार्य र असह्य हुने भन्दै बालबालिकाको जीवन र गरिमा कायम राख्नका लागि तत्काल उपायको खोजी गर्न आग्रह गर्नुभएको छ  @ ujyaloonline
Read more ...

पोष्ट, भोट र नोटले बिग्रेको एमाओवादी

Thursday, 20 June 2013
- बोमलाल गिरी
गएको हप्ता काठमाडौंमा भएको एक कार्यक्रममा एकीकृत नेकपा माओवादीका एक वरिष्ठ नेताले नाम नखुलाउने सर्तमा भने, ‘केन्द्रीय समिति विस्तार गरेर तीन सय ९९ बनाउने प्रस्ताव गर्दा पनि म किन परिन ? भनेर सोध्ने हजारौं भेटिए ।’
यसले देखाउँछ एकीकृत माओवादीमा पदका भोका कति रहेछन् ।

पोष्टको भोक

पदको भोक त नेता कार्यकर्तामा छँदै छ, त्यसमाथि गुटको राजनीति मौलाउँदै जाँदा आफू निकटका नेतालाई काखी च्याप्न खोज्नेहरुको पनि कमी छैन एमाओवादीमा । सातौँ महाधिवेशन अघि एक सय ४८ सदस्यीय रहेको केन्द्रीय समिति पार्टी विभाजनपछि झनै ठूलो भयो । ९० जना केन्द्रीय समितिमा थपिए । ३ सय ३८ जनाको जम्बो केन्द्रीय समिति बनाइयो ।
केन्द्रीय समितिमा मात्र होइन, पदाधिकारीदेखि पोलिटब्यूरोसम्मै हालत उस्तै छ । जसका कारण पदाधिकारीले पूर्णता पाउन सकेको छैन । धेरै आकांक्षीको चित्त बुझाउन नसकेर महाधिवेशनले चार जना मात्र पदाधिकारीको टुंगो लगाए पनि सचिव र कोषाध्यक्षको अझैसम्म टुंगो लागेको छैन ।
नेताहरु कृष्ण बहादुर महरा, वर्षमान पुन ‘अनन्त’, टोप बहादुर रायमाझी, हिसिला यमी, अमिक शेरचन, गिरिराजमणी पोख्रेल पदाधिकारीका केही आकांक्षी हुन् ।
एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झालाई दिने पदका बारेमा पनि पार्टी भित्रै ठूलै खैलाबैला छ । झालाई वरियताभन्दा माथि लिन खोजेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।

भोटको राजनीति

पदसँगै भोटको राजनीतिले पनि एमाओवादी बिग्रदैछ । कात्तिक÷मंसिरमा संविधानसभा चुनावको तयारी भइरहेका बेला अहिले नेताहरुको ध्यान कसलाई उम्मेदवार बनाउने भन्नेमा छ । यसमा पनि शीर्ष नेताहरु आफू निकटलाई टिकट दिन र कार्यकर्ता भोट पाउने आशमा नेता फकाउन सुरु गरिसकेका छन् । यसले क्षमतावान भन्दा पनि नेता निकटलाई महत्व दिने गलत संस्कृति बढिरहेको छ ।

नोटतिर ध्यान

कुनै बेला आफ्नो पुर्ख्यौली सम्पत्ति पनि पार्टीको नाममा दिने एमाओवादीका धेरै नेताको ध्यान धन कमाउनेतिर गइरहेको बुझ्न गाह्रो छैन । नेतादेखि कार्यकर्ता सम्म पार्टी काममा भन्दा धन कमाउन सकृय रहेको एमाओवादीका गाउँ स्तरीयदेखि केन्द्र सम्मका कमिटिहरुमा सुन्न पाइन्छ । स्थानीय स्तरमा ठेक्का पट्टामा पनि उनीहरुकै बर्चस्व देखिन्छ ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ६४ वर्ष पूरा भएको अवसरमा अघिल्लो हप्ता नेपाल कम्युनिष्ट पार्टीका एक मात्र जिवित संस्थापक नेता नरबहादुर कर्मचार्यलाई भेट्न म पाटनमा रहेको उहाँको निवासमा पुगेको थिए ।
कम्युनिष्ट मात्र नभएर नेपाली राजनीतिकै एउटा जिवित इतिहास कर्मचार्य भान्छामा दिउरी पखाल्दै हुनुहुन्थ्यो । विसं २००५ सालतिर लेखिएको राष्ट्रवादी गीत गुनगुनाउँदै उहाँ मा अण्डा पकाउने तयारी गर्दै हुनुहुन्थ्यो ।
‘बखत भयो बेला, नजर उघारी हेरिदेउ
हे देवी दुर्गे, जगतकी आमा
पुकार हाम्रो सुनिदेउ, यो देश सुध्रोस्
यही छ आशा, सबैलाई सपारिदेउ
हामी नेपाली, नेपाल हाम्रो
यो भाव सबमा जगाईदेउ
यसरी देश सुधार्न पुकार गरिरहेका कर्मचार्यको चिन्ता पनि कम थिएन । एमाओवादी सबैभन्दा बढी धन आर्जन गर्ने सोच र व्यवहारले बिग्रदै गएको उहाँको ठम्म्याई थियो ।
कर्मचार्य भन्नुहुन्छ, ‘सामान्य घडेरी खरिद गर्नु र घर बनाउनु त ठूलो कुरै भएन । तर एमाओवादीमा सम्पत्ति थुपार्ने काम संस्कृतिकै रुपमा विकास भइरहेको छ । यसले पार्टीलाई गलत ठाउँमा पुर्‍याउँछ ।’

तपाईँलाई के लाग्छ ? एकीकृत नेकपा माओवादी भोट, नोट र पोष्टले बिग्रेकै हो त ?

 
Read more ...

६० प्रतिशत गर्भवती किशोरी

Thursday, 20 June 2013
राजेन्द्र कार्की/उज्यालो

जाजरकोट, असार ६ – जाजरकोटमा धेरै महिलाहरु कम उमेरमै गर्भवती हुने गरेको पाइएको छ । गर्भवतीमध्ये ६० प्रतिशत किशोरीहरु रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आधाभन्दा बढी गर्भवती १७ देखि १९ बर्ष उमेर समूहका रहेका छन् । सुत्केरी हुन र गर्भ परीक्षण गर्न आउनेमध्ये धेरैजसो किशोरीहरु रहेका जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका मातृ तथा पोषण कार्यक्रमकी प्रमुख सरिता चन्द बताउनुभयो ।
अशिक्षा, गरिबी, अन्धविश्वास र कतिपय जातीय मान्यताले जाजरकोटमा १३ बर्षदेखि नै बिबाह गर्ने प्रचलन रहेको चन्दको भनाई छ । उहाँका अनुसार सानै उमेरमा विहे गर्ने चलन र परिवार नियोजनका साधन प्रयोग नगर्नाले गर्भवती किशोरीको संख्या बढेको हो ।
यसबर्ष गर्भ परीक्षण गरेका ५ हजार महिलामध्ये ३ हजार जना २० बर्ष मुनिका रहेका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
बाल बिबाह र कम उमेरमा गर्भवती तथा सुत्केरी हुनाले जिल्लाको शिशु तथा मातृ मृत्यूदर पनि बढेको छ । किशोरी अबस्थामा गर्भवती हुँदा आमा र शिशुको अकालमा नै ज्यान जान सक्ने मातृ तथा पोषण कार्यक्रम प्रमुख चन्द बताउनुहुन्छ ।@ ujyaaloonline
Read more ...

दुई देशको एउटै गाउँ

Thursday, 20 June 2013
गोविन्द शर्मा/उज्यालो नेपालगञ्ज, असार ६ – नेपाल भारत सीमा क्षेत्रमा एउटा घोडदौडिया नामको एउटा गाउँ छ । यसको आधा भाग बाँके नरैनापुरको वडा नम्बर ७, ८ र ९ मा र अर्को आधा भाग भारत उत्तरप्रदेश राज्यको तुरुस्मा ग्राम पञ्चायत थाना मल्लिपुरमा पर्छ । नेपाल र भारत अलग अलग देशका नागरिक भएपनि गाउँको नाम भने एउटै छ र गाउँलेको संबन्ध पनि निकै प्रगाढ । गाउँको वीचमा सीमाक्षेत्र छुट्टयाउने सीमा पिल्लर र दशगजामा रुखहरु समेत छन् । तर यसले स्थानीय वासिन्दाको संबन्धमा कुनै छेकबार लगाउन सकेको छैन । स्थानीय वयोवृद्धहरु पुस्तौ अघिदेखि एउटै गाउँमा नेपाली र भारतीय नागरिक एकआपसमा सुमधुर सम्बन्ध राखेर बसोबास गरिरहेको बताउँछन् । दुबै देशका नागरिक एक अर्कालाई साथ र सहयोगका लागि सधैं तयार हुन्छन् । नरैनापुर ७ घौडदौडियाका ६० बर्षिय गिरधारी कुम्हारका अनुसार नेपालीका गाईभैंसी भारतीय जमिनमा बाँधिन्छ भने भारततर्फका गाईभैंसी नेपाली जमिनमा । तर भारतबाट मालसामान ल्याउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुख दिने गरेको नेपाली नागरिकलाई चित्त बुझेको छैन । @उज्यालो नेपालगञ्ज
Read more ...

अलैंचीका ६ लाख विरुवा वितरणको तयारी

Thursday, 20 June 2013
इलाम, असार ६ – इलामको फिक्कलमा सञ्चालित अलैंची विकास केन्द्रले यो सिजनमा छ लाख स्वस्थ अलैंचीका बिरुवा बितरण गर्ने तयारी गरेको छ । केन्द्रले पान्दाममा रहेको आफ्नो नर्सरीमा उमारेको अलैंचीका बिरुवा सुलभ मूल्यमा किसानलाई वितरण गर्ने तयारी गरेको केन्द्र प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । केन्द्रले अहिलेसम्म किसानलाई अलैंचीका १६ हजार बिरुवा बितरण गरिसकेको जनाएको छ । नर्सरीमा उत्पादित रामसाही, गोल्साही र जिर्मले प्रजातिका बिरुवा बितरण योग्य भएको केन्द्रले जनाएको छ । केन्द्रले अलैंची सम्बन्धी तालिम, बिरुवा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । पश्चिम नेपालका पहाडी भागबाट समेत केन्द्रमा अलैंची विरुवाको माग हुने गरेको छ @ ujyalo onlien                                                                                                                                                                                                                                                                                                                                                         
Read more ...

बैंकमा जम्मा गरेको पैसा कहाँ गयो ?

Thursday, 20 June 2013
दोहा (कतार), असार ६ - निकै कडा परिश्रम गरेर एउटा कामदारले एक बर्षअघि सिदार्थ बैंकको दोहास्थित शाखा कार्यालयबाट आफ्नो खातामा जम्मा गरेको रकम गायव भएको खुलेको छ । महांकाल गाविस- ५ का विपिन लामाले कतारबाट एक बर्षअगाडि जम्मा गरेको दुई लाख ६४ हजार रुपैयाँ आफ्नो खातामा नभएको भन्दै बैंकविरुद्ध कतारस्थित नेपाली दुताबासमा उजुरी दिएका छन् । कतारको एउटा होटलमा कुक काम गर्ने बिपिनले सन् २०१२ फ्रेवरी १३ मा एक लाख र मार्चमा एक लाख ६४ हजार रुपैयाँ जम्मा गरेको पैसा खाता नभएको बताए । उनले खातामा पैसा जम्मा गर्न र परिवारलाई पठाउन सिदार्थ रेमिट प्रयो गर्थे । 'मेरो होटल बन्द भएर एक हप्ता अघि घर जान खोजेको थिएँ । यहाँको शाखामा मैलै ५ बर्षअघि खोलेको खातामा राखेको सबै पैसा माग्दा दुई लाख ६४ हजार रुपैया देखिएन,' उनले भने, 'यो पैसा कता गयो भनेर सोध्दा बैंकले आफूसँग त्यसको भौचर नभएको बताए ।' उनी पैसा नपाएपछि निकै तनावमा परेका छन् । पैसा पाउनको लागि कतार र काडमाडौंको केन्द्रीय कार्यलयमा उजुरी दिएपनि चासो नदिएको बताए । 'मैले घरमा चाहिने खर्च मात्रै पढाउथेँ । बाँकी बैंकको खातामा राख्थे,' उनले भने, 'यसरी दिनरात नभनी कतारको चर्को तापमा खाना पकाएर कमाएको पैसा बैंकले नै लापरबाही गर्छ भन्ने मैलैं कल्पना पनि गरेको थिइन ।' पीडितले स्थानीय शाखा प्रमुखलाई सबै पैसा दिलाइदिन आग्रह गर्दा तत्कालिन म्यानेजरबाट उठाएर मात्रै दिने भनेको बताए । 'मैले बैंकलाई पैसा बुझाएको हो । मसँग भौचर सुरक्षित छ,' उनले भने, 'यसको जिम्मेवार बैंकले लिनुपर्छ । तर, लिएको देखिएन ।' सिदार्थ बैंक दोहाका प्रमुख अशिस रानाले यस बिषयमा अनुसन्धान भइरहेको बताए । 'तत्कालिन म्यानजेर (विवेक झा)बाट गलत भएको रहेछ । उसलाई हटाएर मलाई पठाएको हो,' रानाले भने, 'सानो समस्या भएको हो । यसलाई सल्टाउने काम भइरहेको छ ।' रानाले 'आज (बिहिबार)' सम्ममा पीडितलाई रकम सल्टाउने बताए । तपाईंको बैंकमा पनि यस्तो हुन्छ भन्दा रानाले भने, 'यो म आउनुभन्दा अघिको कुरो हो । कहिल्य काहिँ यस्तो हुन्छ । तपाईंले विस्तृत रुपमा काठमाडौंमा बुझ्नुहोला ।' बैंकका तत्कालिन दोहा प्रमुख विवेक झाले आफुबाट गल्ती भएको बताउँदै उनलाई आज जसरी नै रकम दिने बताए । 'म आधा घण्टा भित्र उसलाई सबै दिन्छु । एउटा भौचर (एक लाख १३ हजार रुपैया) दिइसकेको छु', उनले भने, 'अर्को आजै दिन्छु ।' यो समाचार तयार पार्ने बेलासम्म पीडितले दुवै भौचरको पैसा नपाएको बताए । पीडित लामाले भने, 'पैसा पाए भइहाल्यो । पाएन भने आजै स्वदेश जाने टिकट लिएको छु । जान्छु । कामदारलाई दलालले मात्रै होइन बैंकले पनि ठग्ने रहेछ ।'

प्रकाशित मिति: २०७० असार ६ ०५:५८ @ekantipur.com/np



Read more ...

बुहारीलाई पटक पटक बलात्कार गरेपछि छोराले आफ्नी श्रीमती बाबुलाई सुम्पिए!!

Thursday, 20 June 2013


Read more ...

छिप्पिदो उमेरमा माधुरीको बेड सिन

Thursday, 20 June 2013
बलिउड सुन्दर नायिका माधुरी दिक्षितले एक चलचित्रमा कलाकार नासिरुद्दिन शाहसँग उत्तेजक दृश्य दिएकी छिन् । बलिउडमा आफ्नो अभिनय र नृत्यको कलाले करोडौ फ्यान पाउँन सफल माधुरीले आखिर किन यो उमेरमा उत्तेजक दृश्य दिइन् भन्ने प्रश्नले पनि सामाजिक संजालमा चर्चा पाइरहेको छ । चलचित्र ‘डेढ इश्किया’मा माधुरीले यस्तो दृश्य दिएकी हुन् । तर चलचित्रका निर्देशक अभिषेक चौबेले मर्यादित ढंगले माधुरी र नासिरुद्दिन शाह बिचको सेक्स दृश्य छायांकन गरिएको बताएका छन् । चलचित्रको कथाले मागे पछि माधुरीको यस्तो दृश्य छायांकन गरिएको निर्देशकले दाबी गरेका छन् ।
तर दुई सन्तानकी आमा भैसकेकी माधुरीलाई नयाँ नायिका जसरी किन यस्तो दृश्यको आवश्यकता पर्‍यो त भन्ने चर्चा पनि चलेको छ ।
Read more ...

सबै दल सहभागी नभए चुनावको औचित्य छैनः थापा

Thursday, 20 June 2013
दाङ, असार ६ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सबै राजनीतिक दल सहभागी नभए संविधानसभाको औचित्य नहुने बताएका छन् । दाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै थापाले एकपटक असफल भएर फेरी हुन थालेको निर्वाचनमा सबै दलको सहभागिता जरुरी रहेको धारणा व्यक्त गरे । चार राजनीतिक दलहरुले सर्वसत्तावाद लादेकाले निर्वाचन भाँडिन खोजेको थापाले बताए । चार दलको एकलौटी निर्णयले अन्य दलहरुलाई दुखित बनाएको उल्लेख गर्दै उनले चार दलीय संयन्त्र खारेज गरी सबै दलको संयन्त्र बन्नुपर्ने उल्लेख गरे ।

थापाले राप्रपा नेपाल राजासहितको प्रजातन्त्रको एजेण्डाका साथ निर्वाचनमा जाने जानकारी दिए । राजसंस्था राष्ट्रियता र एकताको प्रतिक भएको बताउँदै उनले यसको पुनस्र्थापना जरुरी भएको बिचार राखे । ९९ प्रतिशत जनताको माग निर्वाचन भएको दावी गर्दै थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नैपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०७० असार ६ ०४:५६
Read more ...

हिजो कारबाही, आज सहिद दुई माओवादी पार्टीबीच सहिद घोषणा गर्ने होडबाजी

Thursday, 20 June 2013
काठमाडौ, असार ६ - पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको एकीकृत नेकपा माओवादी र गत वर्ष उसबाट विभाजित मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबीच यतिबेला रोचक तर अदृश्य होडबाजी चलिरहेको छ। त्यो हो, सशस्त्र विद्रोहका क्रममा आफैँबाट मारिएका नेता-कार्यकर्तालाई सुटुक्क सहिद घोषणा गरेर तिनका परिवारको समर्थन हासिल गर्ने प्रतिस्पर्धा। पार्टी कारबाहीमा परेर 'श्रम कैद' भोग्दै गरेका तत्कालीन पोलिटब्युरो सदस्य तथा पूर्वाञ्चल ब्युरो इन्चार्ज यानप्रसाद गौतम 'आलोक'लाई पार्टी विभाजनलगत्तै नेकपा-माओवादीले सहिद घोषणा गरेपछि एमाओवादीले पार्टीकै निर्णयबाट हत्या गरिएका तत्कालीन सोलु-ओखलढुंगा सचिवालय सदस्य रमेश ढुंगेललाई सहिद घोषणा गर्ने प्रक्रिया सुरु गरेको छ। माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार सो पार्टीले एमाओवादीबाट विभाजनलगत्तै गत असारमा बसेको पहिलो केन्द्रीय समितिको बैठकले आलोकलाई सहिद घोषणा गरेको थियो। वैद्य माओवादीले गौतमलाई सहिद घोषणा गरेपछि एमाओवादी नेतृत्वमाथि उनको आदेशमा मारिएका ढुंगेलको हत्याको सम्बन्धमा पार्टीले छानबिन गर्नुपर्ने र निर्दोष पाइए सहिद घोषणा गर्नुपर्ने दबाब परिवारका सदस्य र रामेछापको स्थानीय पार्टी कमिटीबाट पर्न थाल्यो। पार्टी नेतृत्वले हेटौँडामा सम्पन्न सातौँ महाधिवेशनपछि गत चैतमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट विश्वभक्त दुलालको संयोजकत्वमा ढुंगेलको हत्या छानबिन कार्यदल गठन गरेको छ। दुलालका अनुसार कार्यदल यतिबेला प्रतिवेदन तयारीको अन्तिम चरणमा छ। दुलाल कार्यदलले नेकपा-माओवादीले सहिद घोषणा गरेका गौतमले ढुंगेलमाथि लगाएको आरोप पुष्टि नभएको प्रतिवेदन दिएमा ढुंगेललाई सहिद घोषणा गर्ने पक्षमा अध्यक्ष प्रचण्ड देखिएका छन्। ढुंगेल हत्या प्रकरण 'श्रम कैद'मा रहेका गौतम जेठ ०५९ मा रोल्पामा सैनिक कारबाहीमा मारएिका थिए। उनको अवनतिको क्रम ढुंगेलको हत्यासँगै सुरु भएको थियो। ०५७ मा पार्टी पोलिटब्युरो र पूर्वाञ्चल ब्युरो इन्चार्ज मात्र होइन, पार्टीको साधारण सदस्यबाट निष्कासित हुनुअघि गौतम पार्टीभित्रै निकै शक्तिशाली नेता मानिन्थे। पार्टीको मुख्य प्रभाव क्षेत्र मानिएका पश्चिमी ब्युरो अन्तर्गतका रोल्पा-रुकुममा प्रहरी चौकीमाथि आक्रमण हुन नसकेका बेला उनले आफ्नो जिम्मेवारी अन्तर्गतको रामेछापको बेथानस्थित प्रहरी चौकीमा १९ पुस ०५३ मा सफल आक्रमण गरेपछि पार्टीभित्र उनको शक्ति अरू बढ्न पुग्यो। त्यस आक्रमणका फौजी कमान्डर थिए, उनकै सहोदर भाइ तीर्थ गौतम। सफल आक्रमणको फौजी कमान्ड गरे पनि तीर्थले आक्रमणमै ज्यान गुमाएका थिए। त्यसपछि पार्टी नेतृत्व पंक्तिका लागि गौतम यति पि्रय ठहरिए कि नेतृत्वले पूर्वी क्षेत्रका सम्बन्धमा उनीबाहेकका नेता-कार्यकर्ताको कुरा नै सुन्न छाड्यो। यही स्थितिको फाइदा उठाउँदै उनी आफूप्रति असहमति राख्ने नेता र कार्यकर्ताविरुद्ध उत्रिए। उनीसँग विमति राखेका फौजी कमान्डर महेन्द्र श्रेष्ठ (सिन्धुली)लाई जानाजान ओखलढुंगा पठाइयो। श्रेष्ठ भारतको 'पिपुल्स वार ग्रुप'बाट तालिम लिएर आएका कमान्डर थिए। यौन कमजोरीको अभियोग खेपिरहेका उनलाई पार्टीको न्यून प्रभाव रहेको ओखलढुंगा पठाएर गौतमले जानाजान पन्छाउन खोजेको बताउँछन् जानकारहरू। ओखलढुंगा पुगेको केही समयमै उनी प्रहरीबाट मारिए। यसै क्रममा ०५६ साउनमा माओवादीको सोलु-ओखलढुंगा सेक्रेटरी रहेका दीनानाथ गौतम काठमाडौँ आए। सोलु-ओखलढुंगाकै पार्टी सचिवालय सदस्य रहेका ढुंगेल पनि पार्टीबाट स्वीकृति लिएर काठमाडौँ आइपुगे। एमाओवादी कार्यकर्तासमेत रहेका ढुंगेलका भाइ विदुरका अनुसार माओवादीमा लागेबापत बेथान आक्रमणपछि जेल जीवन बिताएर रमेशका जेठा दाजु कमल ढुंगेललाई काठमाडौँमा भेट्ने र पार्टी काममा खटाउने योजना अनुसार रमेश कार्यक्षेत्रबाट काठमाडौँ आइपुगेका थिए। भन्छन्, "तर, पार्टीका नेताविरुद्ध सुराकी गरेको भन्दै गौतमको निर्देशनमा उहाँलाई कब्जामा लिएर हत्या गरियो।" १९ साउन ०५६ मा काठमाडौँको डल्लुबाट पक्राउ परेका सोलु-ओखलढुंगा इन्चार्ज दीनानाथ गौतमको गिरफ्तारीमा ढुंगेलको हात रहेको अभियोग लगाइएको थियो। अहिले एमाओवादीको काभ्रे इन्चार्ज रहेका दीनानाथ गौतम भन्छन्, "रमेशका कारण म पक्राउ परेको भन्ने ठोस आधार अहिले पनि पार्टीले प्राप्त गर्न सकेको छैन। त्यसैले उनको हत्या गरिनु गलत थियो।" प्रतिशोधको घोषणा ! पार्टी नेतृत्वबाट अत्यधिक विश्वास गरएिका यानप्रसाद गौतमले अर्का पार्टी कार्यकर्ता पुस्कर गौतमलाई पनि कब्जामा लिएर सफाया गर्ने निर्देशन दिएपछि भागेर काठमाडौँ आएका पुस्करले ढुंगेलको हत्या गौतमको निर्देशनमा भएको सार्वजनिक गरिदिए, एक पत्रिकालाई दिएको अन्तर्वार्तामार्फत। यसले माओवादी पंक्तिभित्र हल्लीखल्ली मच्चियो। गौतमले 'रमेशले दीनानाथको पक्राउ गराएको पुष्टि भएकाले उनको सफाया गरिएको' भन्दै नेतृत्वलाई सहमत गराइसकेका थिए। गौतमका गतिविधिबारे प्रश्न उठेपछि अन्ततः उनी पनि पार्टी छानबिनको दायरामा तानिए। अनुसन्धानबाट उनले आफ्ना विरोधीहरूको हत्यासम्म गरेको खुलासा भयो। अनुसन्धानपछि जेठ ०५७ मा बसेको माओवादी केन्द्रीय समितिको बैठकले आलोकका गल्ती-कमजोरीको समीक्षा गर्दै 'आलोक प्रवृत्ति' नै भनेर किटान गर्‍यो। गौतममा दर्जनजति विचलनहरू देखिएको ठहर गर्दै माओवादीले उनलाई 'श्रम शिविरमार्फत पुनः संस्कार गराउने' निर्णयका साथ पूर्वी क्षेत्रबाट रोल्पा-रुकुम पठायो। यसरी एक समय पार्टीभित्र झन्डै झन्डै प्रचण्डजत्तिकै शक्तिशाली नेता गौतम पार्टीकै कैदी बन्न पुगे। उनी श्रम कैदमै रहेका बेला मुलुकमा संकटकाल लाग्यो। यसै क्रममा माओवादीले २४ जेठ ०५९ मा रोल्पाको गाम लडाकू शिविरमाथि आक्रमण गर्‍यो। त्यस बेला गौतम गामवरपरकै गाउँमा 'श्रम कैद'मा थिए। आक्रमणपछि माओवादीको खोजीमा गाउँ पसेको सेनाले सानो माओवादी सैन्य टुकडीको साथ रहेका आलोकलाई समेत भेट्यो। र, उनी मारिए। माओवादीले गौतमलाई सहिद घोषणा गरेन। स्रोतका अनुसार वैद्य पक्षले पनि उनलाई सहिद घोषणा गर्न माग गरेको थिएन। तर, अध्यक्ष प्रचण्डले गरेको कारबाहीका कारण गौतमको अस्त भएकाले उनको परिवार आक्रोशित थियो। उनका आफन्त दिनेश शर्मा वैद्य माओवादीको पोलिटब्युरो सदस्य छन्, जो संकटकालअगावै प्रहरीद्वारा पक्राउ परेर बेपत्ता बनाइएकी आलोककी बहिनी कमला शर्माका श्रीमान् हुन्। यही कारण पनि विभाजित भएलगत्तै चाहिँ वैद्य पक्षले गौतमलाई सहिद घोषणा गरिदियो। माओवादी प्रवक्ता भुसाल भने राज्य पक्षबाट मारिएकाले पार्टी फुटेलगत्तै उनलाई सहिद घोषणा गरिएको बताउँछिन्। माओवादीकै पोलिटब्युरो सदस्य दिनेश शर्मा आलोकबाट कमजोरी भए पनि पार्टी नेतृत्वले पूर्वाग्रह साँधेर लामो समय श्रमकैदमा राखेको र यही कारण आलोक मारिएको बताउँछन्। एकातिर सैनिक कारबाहीमा मारएिका गौतमबारे माओवादीले मौनता साँध्यो भने अर्कोतिर उनैका कारण मारिएका ढुंगेलको हत्या जायज थियो वा नाजायज भन्ने विषयमा नेतृत्वले कहिल्यै खोजीनितीको प्रयास गरेन। जबकि, ढुंगेलको हत्या गौतमको सनकका आधारमा भएको सार्वजनिक भएपछि छानबिन गरिएको थियो। माओवादीप्रति नै प्रतिबद्ध ढुंगेलको परिवारले चाहिँ उनको कुनै गल्ती नभएकाले पार्टीले उनलाई सफाइ दिएर सहिद घोषणा गर्नुपर्ने माग हत्या सार्वजनिक भएलगत्तै गर्दै आएको थियो। वैद्य माओवादीबाट गौतमलाई सहिद घोषणा गरेको चाल पाएपछि भाइ विदुरले गत साउनमा अध्यक्ष प्रचण्डलाई भेटे। सो भेटमा उनले आफ्ना दाइका बारेमा छानबिन गरी उनले साँच्चिकै गल्ती गरेका भए गद्दार घोषणा गर्न र आलोकको सनकका आधारमा मारिएका भए सहिद घोषणा गर्न माग गरेका थिए। विदुर भन्छन्, "बल्ल पार्टीले छानबिनका लागि कार्यदल बनाएको छ। दाजुको हत्या भइसके पनि अब पार्टीले उहाँमाथि न्याय गर्ने आशा छ।" ढुंगेलको हत्या सम्बन्धमा एमाओवादीले गठन गरेको कार्यदलका संयोजक दुलालचाहिँ उनलाई सहिद घोषणा गर्ने वा नगर्ने भन्नेबारेमा अहिल्यै निक्र्यौल गर्न नसकिने बताउँछन्। गौतमलाई साथ दिनेमध्ये कतिपय अहिले पनि एमाओवादीमै रहेकाले दुलाल कार्यदललाई ढुंगेललाई सहिद घोषणा गर्ने गरी सिफारसि गर्न कठिन भइरहेको छ। स्रोतका अनुसार आफूलाई समेत गुमराहमा पारेर गौतमले ढुंगेलको हत्या गरेकाले प्रचण्ड उनलाई सहिद घोषणा गर्नुपर्ने परिवारको मागमा सहमत छन्। गत साल एमाओवादी विभाजित भएपछि दुई माओवादीबीच निकै ठूलो द्वन्द्व, मुठभेड र आरोप-प्रत्यारोप हुने अनुमान गरिएको थियो। तर, अनुमान गरिएजस्तो द्वन्द्व भएन। होस् पनि कसरी ! जब उनीहरू एकअर्काबीचको रसि साँध्ने माध्यम आफैँबीचको द्वन्द्वका कारण मारिएका नेता-कार्यकर्तालाई सहिद घोषणा गर्न प्रतिस्पर्धा गर्दै छन्। © नेपाल साप्ताहिक
Read more ...

पोर्न स्टार सनी लियोनसँग जोडिएका यी पाँच पहिला घटना (फोटो फिचर पनि)

Thursday, 20 June 2013
नयाँदिल्ली : पोर्न स्टार सन्नी लियोन सधैं विवादको घेरामा रहिरहन्छिन् ।
भारतीय मूलकी क्यानेडियन पोर्न स्टार सन्नी पछिल्लो समयमा बलिउड फिल्म उद्योगमा भाग्य खोजिरहेकी छन् । उनले एउटा हिन्दी फिल्ममा अभिनय पनि गरिसकेकी छन् ।

पोर्न फिल्म छोडेर बलिउड छिरेकी सन्नी कहिले के कहिले के विवादमा परिरहन्छिन् ।
आउनुस् सन्नीको जीवनमा जोडिएका यी पाँच पहिला घटना :

पहलो किस
सन् १९९९ मा हाई स्कूलको पढाई पूरा गरेकी सन्नीले ११ वर्षको उमेरमै किस गरेकी थिइन् ।
 
पहिलो सेक्स
३९ वटा पोर्न फिल्ममा काम गरिसकेकी सन्नीले १६ वर्षको उमेरमै पहिलोपटक सेक्स गरेकी थिइन् ।
 
पहिलो पोर्न फिल्म
सन्नीले आफ्नो पहिलो पोर्न फिल्मका लागि महिलासँग नै समागम गर्ने सर्त राखेकी थिइन् ।
 
पहिलो बलिउड फिल्म
सन्नीको पहिलो बलिउड फिल्म जिस्म – २ हो ।

पहिलो जागिर
सन्नीले पहिलो नोकरी १५ वर्षको उमेरमा एक जर्मन बेकरीमा सुरु गरेकी थिइन् ।
 
Read more ...

सयौं घर बगाएको बाढीले पनि महादेवको मूर्ति बगाउन सकेन । भिडियो उतराखण्ड भारतको हो । तर देउता त सबैका हुन् । LIKE र SHARE गर्नुहोला l

Thursday, 20 June 2013

Read more ...

विस्थापित परिवारलाई ३५ हजार राहत दिने रेग्मीको घोषणा

Thursday, 20 June 2013
दार्चुला, असार ६ - बाढी प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणकालागि दार्चुला पुगेका अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले घरबार वीहिन भएका र विस्थापित भएका प्रति परिवार ३५ हजारका दरले रकम सहयोग गर्ने घोषणा गरेका छन् । बाढी पीडित क्षेत्रका स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलनमा अध्यक्ष रेग्मीलाई तत्कालीन राहत स्वरुप यो रकम दिने बताए । घर बगेका र विस्थापित संख्याको तथ्यांक नपुगको भन्दै प्रारम्भीक रुपमा राहत स्वरुपमा मात्र यो रकम भएको उनले बताए । त्यसैगरी जिल्लालाई आगामी कार्यक्रमको बजेटबाट जिल्लाको लागि ५० करोड रकम दिने घोषणा गरे । जिल्लामा भइरहेको खाद्यान्न आपूर्ति, सडक सूचारु र तडबन्धलाई प्राथमिकतामा राखि तत्काल कार्य अगाडि बढाइने रेग्मीले बताए । औषधी उपचार खानेपानीको तत्काल पूर्ति गर्न सबै मन्त्रालयलाई निर्देशन गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । बाढीले ठूलो धन जनको क्षति गरेको भन्दै यसमा सम्वेदनशिल भएको उनले बताए । यसको लागि गूरुयोजना अनुसार अघि बढ्न सबैलाई निर्देशन दिए । बाढीका कारण बगेका सरकारी कार्यालयहरुले मन्त्रालयको समन्वयमा तत्काल सेवा दिन उनले निर्देशन गरे । बिहान ११: ३० बजे हेलीकप्टर मार्फत दार्चुला पुगेका रेग्मीले खलंगा घाटबजार र गल्फै क्षेत्रको वीरेन्द्रवनसम्म स्थलगत अनुगमन गरेका थिए । असार २ गते रातिबाट आएको बाढिले जिल्लामा १ सय ९ घरधुरी बगाउनुको साथै ३ सय ५० बढी परिवार विस्थापित भएका छन् । टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्य मन्त्री बिद्याधर मल्लिक, सिचाई मन्त्री उमाकान्त झा, मुख्यसचिव लिलामणी पौडेललगायतको सहभागी रहेको थियो । प्रकाशित मिति: २०७० असार ६ ०३:२४ @ekantipur.com
Read more ...

रेग्मीसहितको टोली दार्चुलामा

Wednesday, 19 June 2013
काठमाडौ, असार ६ - बाढी प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणको लागि अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहित मन्त्रीहरुको टोली दार्चुला सदरमुकाम खलंगा पुगेको छ । टोलीलाई क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले बफ्रिङ गरेका छन् । टोलीले दार्चुला सदरमुकामको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी पीडित परिवारलाई राहत वितरण गर्ने कार्यक्रम छ । दार्चुलापछि टोली कञ्चनपुर, कैलाली र बर्दिया हुादै राजधानी फर्किने रेग्मीका प्रेस सहयोगी राजेन्द्र पाण्डेले जानकारी दिए । टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्य मन्त्री बिद्याधर मल्लिक, सिाचाई मन्त्री उमाकान्त झा, मुख्यसचिव लिलामणी पौडेललगायत छन् । आज बस्ने मन्त्रीपरिषद्को नियमित बैठक स्थगित गरेर टोली निरीक्षणको लागि गएको हो । रेग्मीसहितको टोली सुर्खेतबाट दार्चुला जाँदै बाढी प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणको लागि अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मसहित मन्त्रीहरुको टोली अहिले सुर्खेत बिमानस्थल पुगेको छ । सुर्खेतबाट टोली दार्चुला जाने रेग्मीका प्रेस सहयोगी राजेन्द्र पाण्डेले जानकारी दिए । टोलीले दार्चुला सदरमुकामको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी पीडित परिवारलाई राहत वितरण गर्ने कार्यक्रम छ । दार्चुलापछि टोली कञ्चनपुर, कैलाली र बर्दिया हुँदै राजधानी फर्किने पाण्डेले जानकारी दिए । टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्य मन्त्री बिद्याधर मल्लिक, सिाचाई मन्त्री उमाकान्त झा, मुख्यसचिव लिलामणी पौडेललगायत छन् । आज बस्ने मन्त्रीपरिषद्को नियमित बैठक स्थगित गरेर टोली निरीक्षणको लागि गएको हो ।
Read more ...

तिर्थाटनमा गएका ४ सय नेपाली ‘सम्पर्कहीन’

Wednesday, 19 June 2013
तिर्थाटनमा गएका ४ सय नेपाली ‘सम्पर्कहीन’

नयाँ दिल्ली, असार ५ - भारतको उत्तराखण्डस्थित केदारनाथ–बद्रीनाथ तिर्थयात्रामा गएका अनुमानित ४ सयभन्दा बढी नेपाली अविरल बर्षा र निरन्तरको बाढीपहिरोका कारण बीच बाटोमैं सम्पर्कहिन बनेका छन् ।

हरिद्धारबाट ३ सय किलोमिटर दुरीमा रहेको केदारनाथ तथा बद्रीनाथ यात्रामा अक्षयतृतिया (बैशाख ३०) यता यात्रुहरु जाने क्रम बढेकोमा सात दिनयताको निरन्तरको बर्षाले सबै प्रकारका ...यातायात, बिद्युत, सूचना–सम्पर्क बिच्छेद भएको छ ।

‘भारतीय, नेपालीसहित अनुमानित ६० हजार यात्रु अहिले यो रुटमा

तिर्थाटन गर्न गएका छन्,’ हरिद्धारस्थित प्राचार्य डा. पदमप्रसाद सुवेदीले ईकान्तिपुरसँग फोनमा भने—‘यिनको बिचल्ली स्थितीबारे भारत सरकारको ध्यानाकर्षण भएपछि मंगलबारबाट हवाइ–उद्धारको काम थालिएको छ ।’

उनका अनुसार भारतीय सेनाका २२ वटा र उत्तराखण्ड सरकारका १४ वटा बिमानले तिर्थयात्रुको केदारनाथ÷बद्रीनाथबाट देहरादुनसम्म हवाइ सेवा दिएर उद्धार गरिरहेको छ । अहिलेसम्म ७ हजार तिर्थयात्रु देहरादुन आइपुगेका छन् । यसमा १० जति नेपाली छन् ।

‘केदारनाथ÷बद्रीनाथ गएका ४ सयभन्दा बढी नेपाली सम्पर्कहीन छन्, फोन र अरु सूचना सम्पर्क नभएको अवस्था छ,’उनले भने—‘मैंले गत बिहिबारसम्म सम्पर्क गरिराखेका नेपाली अहिले सम्पर्कहिन छन् ।’ यो हताहती अवस्थाबारे आफूले दिल्लीस्थित नेपाली दुतावासलाई पनि जानकारी गराइसकेको उनले बताए । दिल्लीस्थित दुतावासका कार्यबाहक राजदूत तिर्थराज वाग्लेका अनुसार तिर्थयात्रूहरु अलपत्र परेको अवस्थामा नेपाली वा गैर–नेपाली नभनी उद्धार गर्ने आश्वासन विदेश मन्त्रालयले दिइसकेको बताए । उद्धार वा हताहतीबारे कहींकतै केही सहयोग गर्नुपरेमा दुतावास तत्पर रहेको वाग्लेले बताए ।

‘उत्तराखण्डका यमुना र मन्दाकिनी नदीमा ठूलो बाढी आएको अवस्था छ । रुद्रप्रयाग र केदारनाथका बीचमा रहेका दुइवटा पुल भत्केको खबर आएकाले त्यहाँ केही तिर्थयात्रु बीच जंगलमा अडकिएर रहेको अवस्था छ,’हरिद्धारमा ४० बर्षदेखि बसोबास गर्दै आएका गुल्मेली सुवेदीले भने—‘हामी हरिद्धारमा रहेका सबै नेपाली समिति, सहयोगी निकायहरु उद्धार समन्वयका लागि तत्पर भएर बसेका छौं ।’

प्रकाशित मिति: २०७० असार ५ १०:२४
 
Read more ...

विश्वासै गर्न नसकिने गरि एक्कै छिनमा गयो ५ को ज्यान (भिडियो हेर्नुहोस)

Wednesday, 19 June 2013
Read more ...