Pages

रेग्मीसहितको टोली दार्चुलामा

Wednesday 19 June 2013
काठमाडौ, असार ६ - बाढी प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणको लागि अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहित मन्त्रीहरुको टोली दार्चुला सदरमुकाम खलंगा पुगेको छ । टोलीलाई क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले बफ्रिङ गरेका छन् । टोलीले दार्चुला सदरमुकामको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी पीडित परिवारलाई राहत वितरण गर्ने कार्यक्रम छ । दार्चुलापछि टोली कञ्चनपुर, कैलाली र बर्दिया हुादै राजधानी फर्किने रेग्मीका प्रेस सहयोगी राजेन्द्र पाण्डेले जानकारी दिए । टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्य मन्त्री बिद्याधर मल्लिक, सिाचाई मन्त्री उमाकान्त झा, मुख्यसचिव लिलामणी पौडेललगायत छन् । आज बस्ने मन्त्रीपरिषद्को नियमित बैठक स्थगित गरेर टोली निरीक्षणको लागि गएको हो । रेग्मीसहितको टोली सुर्खेतबाट दार्चुला जाँदै बाढी प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणको लागि अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मसहित मन्त्रीहरुको टोली अहिले सुर्खेत बिमानस्थल पुगेको छ । सुर्खेतबाट टोली दार्चुला जाने रेग्मीका प्रेस सहयोगी राजेन्द्र पाण्डेले जानकारी दिए । टोलीले दार्चुला सदरमुकामको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी पीडित परिवारलाई राहत वितरण गर्ने कार्यक्रम छ । दार्चुलापछि टोली कञ्चनपुर, कैलाली र बर्दिया हुँदै राजधानी फर्किने पाण्डेले जानकारी दिए । टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्य मन्त्री बिद्याधर मल्लिक, सिाचाई मन्त्री उमाकान्त झा, मुख्यसचिव लिलामणी पौडेललगायत छन् । आज बस्ने मन्त्रीपरिषद्को नियमित बैठक स्थगित गरेर टोली निरीक्षणको लागि गएको हो ।

No comments:

Post a Comment