Pages

दुई देशको एउटै गाउँ

Thursday 20 June 2013
गोविन्द शर्मा/उज्यालो नेपालगञ्ज, असार ६ – नेपाल भारत सीमा क्षेत्रमा एउटा घोडदौडिया नामको एउटा गाउँ छ । यसको आधा भाग बाँके नरैनापुरको वडा नम्बर ७, ८ र ९ मा र अर्को आधा भाग भारत उत्तरप्रदेश राज्यको तुरुस्मा ग्राम पञ्चायत थाना मल्लिपुरमा पर्छ । नेपाल र भारत अलग अलग देशका नागरिक भएपनि गाउँको नाम भने एउटै छ र गाउँलेको संबन्ध पनि निकै प्रगाढ । गाउँको वीचमा सीमाक्षेत्र छुट्टयाउने सीमा पिल्लर र दशगजामा रुखहरु समेत छन् । तर यसले स्थानीय वासिन्दाको संबन्धमा कुनै छेकबार लगाउन सकेको छैन । स्थानीय वयोवृद्धहरु पुस्तौ अघिदेखि एउटै गाउँमा नेपाली र भारतीय नागरिक एकआपसमा सुमधुर सम्बन्ध राखेर बसोबास गरिरहेको बताउँछन् । दुबै देशका नागरिक एक अर्कालाई साथ र सहयोगका लागि सधैं तयार हुन्छन् । नरैनापुर ७ घौडदौडियाका ६० बर्षिय गिरधारी कुम्हारका अनुसार नेपालीका गाईभैंसी भारतीय जमिनमा बाँधिन्छ भने भारततर्फका गाईभैंसी नेपाली जमिनमा । तर भारतबाट मालसामान ल्याउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुख दिने गरेको नेपाली नागरिकलाई चित्त बुझेको छैन । @उज्यालो नेपालगञ्ज

No comments:

Post a Comment