Pages

पत्रिकाको कार्यालयमा भएको आक्रमणको भर्त्सना;

Tuesday 23 July 2013
दमक ।झापाको दमकबाट प्रकाशन हुने पिपुल्स टाइम्स दैनिकको कार्यालयमा गएराति भएको आक्रमणको सञ्चार
हिजो राति एउटा समुहले पत्रिकाको कार्यालयमा गरेको आक्रमणको निन्दा गर्दै दोषीहरुलाई कारवाही गर्न माग समेत गरिएको छ । नेपाल पत्रकार महासंघ झापा, आदिबासी जनजाति पत्रकार महासंघ, प्रेस चौतारी झापाले संयुक्त बिज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेको हो । उनीहरुले सञ्चार संस्थामाथि आक्रमणका दोषीलाई कारवाही गर्न माग गरेका छन् । महासंघ झापाका अध्यक्ष गणेश पोखरेल, फोनिजका अध्यक्ष गणेशमान मुखीया, प्रेस चौतारीका जिल्ला अध्यक्ष गोपाल काफ्लेले विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
यसअघि दमकका पत्रकारहरुले इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक राजन अधिकारीसँग भेटी पत्रकारहरुले निर्भयका साथ काम गर्ने वातावरण मिलाइ दिनका लागि आग्रह गरेका थिए । प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश पोखरेलले सञ्चार गृहमाथिको आक्रमणले सिड्गो प्रेस जगत भयभित भएको बताए । पिपुल्स टाइम्स दैनिकका सम्पादक कमन देवानले घटना सुनियोजित भएको बताउँदै दोषीलाई कारवाही गर्नका लागि २४ घण्टे अल्टिमेटम दिएका थिए । ज्ञापनपत्र बुझ्दै डिएसपी अधिकारीले घटनामा संलग्नहरुलाई तत्काल खोजी गरी कानुनी कारवाही अघि बढाउने आश्वासन दिएका थिए ।
हिजो बेलुका पत्रिकाको कार्यालयमा अज्ञात समुहले आक्रमण गरि कार्यालयको सिसा तोडफोड गरेको थियो ।
सम्बद्ध विभिन्न संघ संस्थाहरुले निन्दा गरेका छन् । @पूर्वेली टाईम्स July - 23 - 2013

No comments:

Post a Comment