Pages

सशस्त्र युद्धका कारण बालबालिका खतरामा: राष्ट्रसंघ

Thursday 20 June 2013
जेठ ३० – संयुक्त राष्ट्रसंघले विश्वका धेरै देशमा सशस्त्र द्वन्द्वका कारण बालबालिका गम्भीर खतरामा परेको भन्दै चिन्ता व्यक्त गरेको छ । द्वन्द्वरत पक्षको चर्चामा आउन चाहने चरित्र र संघर्षको रणनीतिका कारण बालबालिका जोखिममा परेको राष्ट्रसंघको ठहर छ । युद्ध प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षामा भएको प्रगतिका बाबजुद बालबालिका मारिने, घाइते हुने, यातनामा पर्ने या लडाकुका रुपमा भर्ती गर्ने क्रम बढेको राष्ट्रसंघको बालबालिका र सशस्त्र द्वन्द्व सम्बन्धि वार्षिक प्रतिवेदनमा उल्लेख छ । सिरिया, माली र मध्य अफ्रिकी गणराज्य कारमा बालबालिकाको स्थिति सबैभन्दा खराब देखिएको छ । प्रतिवेदनमा मालीलाई पहिलो पल्ट लज्जाको सूचीमा राखिएको छ । नेपाल र श्रीलंकालाई भने सूचीबाट हटाइएको छ । सन् २०१२ मा विश्वका केही क्षेत्रमा सकारात्मक नतिजा आएपनि सिरिया, माली र मध्य अफ्रिकी गणराज्यमा अत्यन्त चिन्ताजनक स्थिति रहेको बालबालिका र सशस्त्र संघर्ष सम्बन्धि राष्ट्रसंघका महासचिबका विशेष दूत लेइला जेरोगुइले बताउनुभयो । संघर्षका क्रममा उदाएका नयाँ पार्टी र समूहहरु बालबालिकालाई सेनामा भर्ती गर्ने, बालबालिकामाथि यौन दुव्र्यवहार गर्ने, हत्या गर्ने, अपाङ्ग बनाउने, स्कुल तथा अस्पतालहरुमा आक्रमण गर्ने जस्ता गतिविधिमा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसंघका महासचिव बान की मूनले संघर्षमा बालबालिकाको प्रयोग अस्वीकार्य र असह्य हुने भन्दै बालबालिकाको जीवन र गरिमा कायम राख्नका लागि तत्काल उपायको खोजी गर्न आग्रह गर्नुभएको छ  @ ujyaloonline

No comments:

Post a Comment