Pages

६० प्रतिशत गर्भवती किशोरी

Thursday 20 June 2013
राजेन्द्र कार्की/उज्यालो

जाजरकोट, असार ६ – जाजरकोटमा धेरै महिलाहरु कम उमेरमै गर्भवती हुने गरेको पाइएको छ । गर्भवतीमध्ये ६० प्रतिशत किशोरीहरु रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आधाभन्दा बढी गर्भवती १७ देखि १९ बर्ष उमेर समूहका रहेका छन् । सुत्केरी हुन र गर्भ परीक्षण गर्न आउनेमध्ये धेरैजसो किशोरीहरु रहेका जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका मातृ तथा पोषण कार्यक्रमकी प्रमुख सरिता चन्द बताउनुभयो ।
अशिक्षा, गरिबी, अन्धविश्वास र कतिपय जातीय मान्यताले जाजरकोटमा १३ बर्षदेखि नै बिबाह गर्ने प्रचलन रहेको चन्दको भनाई छ । उहाँका अनुसार सानै उमेरमा विहे गर्ने चलन र परिवार नियोजनका साधन प्रयोग नगर्नाले गर्भवती किशोरीको संख्या बढेको हो ।
यसबर्ष गर्भ परीक्षण गरेका ५ हजार महिलामध्ये ३ हजार जना २० बर्ष मुनिका रहेका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
बाल बिबाह र कम उमेरमा गर्भवती तथा सुत्केरी हुनाले जिल्लाको शिशु तथा मातृ मृत्यूदर पनि बढेको छ । किशोरी अबस्थामा गर्भवती हुँदा आमा र शिशुको अकालमा नै ज्यान जान सक्ने मातृ तथा पोषण कार्यक्रम प्रमुख चन्द बताउनुहुन्छ ।@ ujyaaloonline

No comments:

Post a Comment