Pages

प्रहरीकै संरक्षणमा अवैध धन्दा

Saturday 22 June 2013
भैरहवा, असार ७ गते । प्रहरीकै संरक्षण र मिलेमतो तथा सहयोगमा भन्सार छलेर सामान ल्याउने र कारोवार हुने गरेको छ ।
लामो समय सम्म घुमुवा प्रहरीको संरक्षणमा यूरिया मल र चिनीको अवैध कारोवार गर्दै आएका भैरहवा स्थित गल्लामण्डीका एक व्यापारीले प्रहरीकै संरक्षणमा आफूले काम गर्ने गरेको रहस्य खोलेका हुन ।
सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीका हरिद्वार कसौधन उपनाम दारी भनेर चिनिने व्यक्तिले लुम्विनी अञ्चल प्रहरीका सादा पोसाकका प्रहरीको सहयोगमा आफूले काम गरेको बताए ।
पछिल्लो समय उनको गोदाममा प्रहरीले छापा मारेर ठूलो मात्रामा अवैध सामान बरामद गरेपछि सादा पोशाकका प्रहरीकै संरक्षणमा आफूले उक्त काम गर्दै आएको रहस्य खोलेका हुन । गल्लामण्डीमा रहेको उनको गोदाममा प्रहरीले जेठ २८ मा छापा मारेर १ सय ४० बोरा युरिया मल, तराजु, बोरा सिलाई गर्ने मेसिन भन्सार चलान गरेको थियो ।
सोही दिन भैरहवा भन्सारमा १ लाख २५ हजार धरौटी बुझाएर उनी छुटेका थिए । लुम्बिनी अंचल प्रहरी कार्यालयमा कार्यरत सादा पोशाकका प्रहरी सहायक निरीक्षक नरेन्द्र भुसाल, सत्य नारायण बानिया, जितेन्द्र यादव र रामसेवक यादवले अवैध काममा सहयोग गरेबापत आफूबाट महिनावारी असुल्ने गरेको दावी गर्नुभयो ।
आफूले व्यवसाय गरेको दिनदेखि नै उक्त घुमुवा प्रहरी टिमलाई महिनावारी रुपैयाँसम्म दिंदै आएको र महिनावारी खाएर पनि उनीहरुले अवैध माल भन्दै नाम कमाउन आफ्नो गोदाममा छापा मारेर सामान भन्सार पठाईदिएको उहाँले बताउनुभयो ।
भन्सारमा चलान गरेको भन्दा धेरै परिमाणमा आफ्नो गोदामबाट सामान प्रहरीले लगेको दावी गर्दैै सामान्य चिनीको कारोवार गर्दै आएकोमा घुमुवाहरुले नै सल्लाह दिएर मलको कारोवार सुरु गरेको समेत उहाँले बताउनुभयो । “पहिले चिनीको मात्र काम गर्थे । चिनीको कारोवार गर्दा घुमुवाहरुले मलको सिजन थाहा पाए”–उहाँले भन्नुभयो ।

No comments:

Post a Comment