इलाम, असार ६ – इलामको फिक्कलमा सञ्चालित अलैंची विकास केन्द्रले यो सिजनमा छ लाख स्वस्थ अलैंचीका बिरुवा बितरण गर्ने तयारी गरेको छ । केन्द्रले पान्दाममा रहेको आफ्नो नर्सरीमा उमारेको अलैंचीका बिरुवा सुलभ मूल्यमा किसानलाई वितरण गर्ने तयारी गरेको केन्द्र प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । केन्द्रले अहिलेसम्म किसानलाई अलैंचीका १६ हजार बिरुवा बितरण गरिसकेको जनाएको छ । नर्सरीमा उत्पादित रामसाही, गोल्साही र जिर्मले प्रजातिका बिरुवा बितरण योग्य भएको केन्द्रले जनाएको छ । केन्द्रले अलैंची सम्बन्धी तालिम, बिरुवा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । पश्चिम नेपालका पहाडी भागबाट समेत केन्द्रमा अलैंची विरुवाको माग हुने गरेको छ @ ujyalo onlien
अलैंचीका ६ लाख विरुवा वितरणको तयारी
Thursday, 20 June 2013
at
05:59

- Two clicks for more privacy: The Facebook Like button will be enabled once you click here. Activating the button already sends data to Facebook – see i.not connected to Facebook
- Two clicks for more privacy: The Google+ button will be enabled once you click here. Activating the button already sends data to Google – see i.not connected to Google+
- Two clicks for more privacy: The Tweet this button will be enabled once you click here. Activating the button already sends data to Twitter – see i.not connected to Twitter
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment