Pages

तिर्थाटनमा गएका ४ सय नेपाली ‘सम्पर्कहीन’

Wednesday 19 June 2013
तिर्थाटनमा गएका ४ सय नेपाली ‘सम्पर्कहीन’

नयाँ दिल्ली, असार ५ - भारतको उत्तराखण्डस्थित केदारनाथ–बद्रीनाथ तिर्थयात्रामा गएका अनुमानित ४ सयभन्दा बढी नेपाली अविरल बर्षा र निरन्तरको बाढीपहिरोका कारण बीच बाटोमैं सम्पर्कहिन बनेका छन् ।

हरिद्धारबाट ३ सय किलोमिटर दुरीमा रहेको केदारनाथ तथा बद्रीनाथ यात्रामा अक्षयतृतिया (बैशाख ३०) यता यात्रुहरु जाने क्रम बढेकोमा सात दिनयताको निरन्तरको बर्षाले सबै प्रकारका ...यातायात, बिद्युत, सूचना–सम्पर्क बिच्छेद भएको छ ।

‘भारतीय, नेपालीसहित अनुमानित ६० हजार यात्रु अहिले यो रुटमा

तिर्थाटन गर्न गएका छन्,’ हरिद्धारस्थित प्राचार्य डा. पदमप्रसाद सुवेदीले ईकान्तिपुरसँग फोनमा भने—‘यिनको बिचल्ली स्थितीबारे भारत सरकारको ध्यानाकर्षण भएपछि मंगलबारबाट हवाइ–उद्धारको काम थालिएको छ ।’

उनका अनुसार भारतीय सेनाका २२ वटा र उत्तराखण्ड सरकारका १४ वटा बिमानले तिर्थयात्रुको केदारनाथ÷बद्रीनाथबाट देहरादुनसम्म हवाइ सेवा दिएर उद्धार गरिरहेको छ । अहिलेसम्म ७ हजार तिर्थयात्रु देहरादुन आइपुगेका छन् । यसमा १० जति नेपाली छन् ।

‘केदारनाथ÷बद्रीनाथ गएका ४ सयभन्दा बढी नेपाली सम्पर्कहीन छन्, फोन र अरु सूचना सम्पर्क नभएको अवस्था छ,’उनले भने—‘मैंले गत बिहिबारसम्म सम्पर्क गरिराखेका नेपाली अहिले सम्पर्कहिन छन् ।’ यो हताहती अवस्थाबारे आफूले दिल्लीस्थित नेपाली दुतावासलाई पनि जानकारी गराइसकेको उनले बताए । दिल्लीस्थित दुतावासका कार्यबाहक राजदूत तिर्थराज वाग्लेका अनुसार तिर्थयात्रूहरु अलपत्र परेको अवस्थामा नेपाली वा गैर–नेपाली नभनी उद्धार गर्ने आश्वासन विदेश मन्त्रालयले दिइसकेको बताए । उद्धार वा हताहतीबारे कहींकतै केही सहयोग गर्नुपरेमा दुतावास तत्पर रहेको वाग्लेले बताए ।

‘उत्तराखण्डका यमुना र मन्दाकिनी नदीमा ठूलो बाढी आएको अवस्था छ । रुद्रप्रयाग र केदारनाथका बीचमा रहेका दुइवटा पुल भत्केको खबर आएकाले त्यहाँ केही तिर्थयात्रु बीच जंगलमा अडकिएर रहेको अवस्था छ,’हरिद्धारमा ४० बर्षदेखि बसोबास गर्दै आएका गुल्मेली सुवेदीले भने—‘हामी हरिद्धारमा रहेका सबै नेपाली समिति, सहयोगी निकायहरु उद्धार समन्वयका लागि तत्पर भएर बसेका छौं ।’

प्रकाशित मिति: २०७० असार ५ १०:२४
 

No comments:

Post a Comment