Pages

विस्थापित परिवारलाई ३५ हजार राहत दिने रेग्मीको घोषणा

Thursday 20 June 2013
दार्चुला, असार ६ - बाढी प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणकालागि दार्चुला पुगेका अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले घरबार वीहिन भएका र विस्थापित भएका प्रति परिवार ३५ हजारका दरले रकम सहयोग गर्ने घोषणा गरेका छन् । बाढी पीडित क्षेत्रका स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलनमा अध्यक्ष रेग्मीलाई तत्कालीन राहत स्वरुप यो रकम दिने बताए । घर बगेका र विस्थापित संख्याको तथ्यांक नपुगको भन्दै प्रारम्भीक रुपमा राहत स्वरुपमा मात्र यो रकम भएको उनले बताए । त्यसैगरी जिल्लालाई आगामी कार्यक्रमको बजेटबाट जिल्लाको लागि ५० करोड रकम दिने घोषणा गरे । जिल्लामा भइरहेको खाद्यान्न आपूर्ति, सडक सूचारु र तडबन्धलाई प्राथमिकतामा राखि तत्काल कार्य अगाडि बढाइने रेग्मीले बताए । औषधी उपचार खानेपानीको तत्काल पूर्ति गर्न सबै मन्त्रालयलाई निर्देशन गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । बाढीले ठूलो धन जनको क्षति गरेको भन्दै यसमा सम्वेदनशिल भएको उनले बताए । यसको लागि गूरुयोजना अनुसार अघि बढ्न सबैलाई निर्देशन दिए । बाढीका कारण बगेका सरकारी कार्यालयहरुले मन्त्रालयको समन्वयमा तत्काल सेवा दिन उनले निर्देशन गरे । बिहान ११: ३० बजे हेलीकप्टर मार्फत दार्चुला पुगेका रेग्मीले खलंगा घाटबजार र गल्फै क्षेत्रको वीरेन्द्रवनसम्म स्थलगत अनुगमन गरेका थिए । असार २ गते रातिबाट आएको बाढिले जिल्लामा १ सय ९ घरधुरी बगाउनुको साथै ३ सय ५० बढी परिवार विस्थापित भएका छन् । टोलीमा गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छविराज पन्त, स्थानीय विकास तथा स्वास्थ्य मन्त्री बिद्याधर मल्लिक, सिचाई मन्त्री उमाकान्त झा, मुख्यसचिव लिलामणी पौडेललगायतको सहभागी रहेको थियो । प्रकाशित मिति: २०७० असार ६ ०३:२४ @ekantipur.com

No comments:

Post a Comment