Pages

सबै दल सहभागी नभए चुनावको औचित्य छैनः थापा

Thursday 20 June 2013
दाङ, असार ६ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सबै राजनीतिक दल सहभागी नभए संविधानसभाको औचित्य नहुने बताएका छन् । दाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै थापाले एकपटक असफल भएर फेरी हुन थालेको निर्वाचनमा सबै दलको सहभागिता जरुरी रहेको धारणा व्यक्त गरे । चार राजनीतिक दलहरुले सर्वसत्तावाद लादेकाले निर्वाचन भाँडिन खोजेको थापाले बताए । चार दलको एकलौटी निर्णयले अन्य दलहरुलाई दुखित बनाएको उल्लेख गर्दै उनले चार दलीय संयन्त्र खारेज गरी सबै दलको संयन्त्र बन्नुपर्ने उल्लेख गरे ।

थापाले राप्रपा नेपाल राजासहितको प्रजातन्त्रको एजेण्डाका साथ निर्वाचनमा जाने जानकारी दिए । राजसंस्था राष्ट्रियता र एकताको प्रतिक भएको बताउँदै उनले यसको पुनस्र्थापना जरुरी भएको बिचार राखे । ९९ प्रतिशत जनताको माग निर्वाचन भएको दावी गर्दै थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नैपर्नेमा जोड दिए ।

प्रकाशित मिति: २०७० असार ६ ०४:५६

No comments:

Post a Comment