- बोमलाल गिरी
गएको हप्ता काठमाडौंमा भएको एक कार्यक्रममा एकीकृत नेकपा माओवादीका एक वरिष्ठ नेताले नाम नखुलाउने सर्तमा भने, ‘केन्द्रीय समिति विस्तार गरेर तीन सय ९९ बनाउने प्रस्ताव गर्दा पनि म किन परिन ? भनेर सोध्ने हजारौं भेटिए ।’
यसले देखाउँछ एकीकृत माओवादीमा पदका भोका कति रहेछन् ।
पोष्टको भोक
पदको भोक त नेता कार्यकर्तामा छँदै छ, त्यसमाथि गुटको राजनीति मौलाउँदै जाँदा आफू निकटका नेतालाई काखी च्याप्न खोज्नेहरुको पनि कमी छैन एमाओवादीमा । सातौँ महाधिवेशन अघि एक सय ४८ सदस्यीय रहेको केन्द्रीय समिति पार्टी विभाजनपछि झनै ठूलो भयो । ९० जना केन्द्रीय समितिमा थपिए । ३ सय ३८ जनाको जम्बो केन्द्रीय समिति बनाइयो ।
केन्द्रीय समितिमा मात्र होइन, पदाधिकारीदेखि पोलिटब्यूरोसम्मै हालत उस्तै छ । जसका कारण पदाधिकारीले पूर्णता पाउन सकेको छैन । धेरै आकांक्षीको चित्त बुझाउन नसकेर महाधिवेशनले चार जना मात्र पदाधिकारीको टुंगो लगाए पनि सचिव र कोषाध्यक्षको अझैसम्म टुंगो लागेको छैन ।
नेताहरु कृष्ण बहादुर महरा, वर्षमान पुन ‘अनन्त’, टोप बहादुर रायमाझी, हिसिला यमी, अमिक शेरचन, गिरिराजमणी पोख्रेल पदाधिकारीका केही आकांक्षी हुन् ।
एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झालाई दिने पदका बारेमा पनि पार्टी भित्रै ठूलै खैलाबैला छ । झालाई वरियताभन्दा माथि लिन खोजेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।
एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झालाई दिने पदका बारेमा पनि पार्टी भित्रै ठूलै खैलाबैला छ । झालाई वरियताभन्दा माथि लिन खोजेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।
भोटको राजनीति
पदसँगै भोटको राजनीतिले पनि एमाओवादी बिग्रदैछ । कात्तिक÷मंसिरमा संविधानसभा चुनावको तयारी भइरहेका बेला अहिले नेताहरुको ध्यान कसलाई उम्मेदवार बनाउने भन्नेमा छ । यसमा पनि शीर्ष नेताहरु आफू निकटलाई टिकट दिन र कार्यकर्ता भोट पाउने आशमा नेता फकाउन सुरु गरिसकेका छन् । यसले क्षमतावान भन्दा पनि नेता निकटलाई महत्व दिने गलत संस्कृति बढिरहेको छ ।
नोटतिर ध्यान
कुनै बेला आफ्नो पुर्ख्यौली सम्पत्ति पनि पार्टीको नाममा दिने एमाओवादीका धेरै नेताको ध्यान धन कमाउनेतिर गइरहेको बुझ्न गाह्रो छैन । नेतादेखि कार्यकर्ता सम्म पार्टी काममा भन्दा धन कमाउन सकृय रहेको एमाओवादीका गाउँ स्तरीयदेखि केन्द्र सम्मका कमिटिहरुमा सुन्न पाइन्छ । स्थानीय स्तरमा ठेक्का पट्टामा पनि उनीहरुकै बर्चस्व देखिन्छ ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ६४ वर्ष पूरा भएको अवसरमा अघिल्लो हप्ता नेपाल कम्युनिष्ट पार्टीका एक मात्र जिवित संस्थापक नेता नरबहादुर कर्मचार्यलाई भेट्न म पाटनमा रहेको उहाँको निवासमा पुगेको थिए ।
कम्युनिष्ट मात्र नभएर नेपाली राजनीतिकै एउटा जिवित इतिहास कर्मचार्य भान्छामा दिउरी पखाल्दै हुनुहुन्थ्यो । विसं २००५ सालतिर लेखिएको राष्ट्रवादी गीत गुनगुनाउँदै उहाँ मा अण्डा पकाउने तयारी गर्दै हुनुहुन्थ्यो ।
‘बखत भयो बेला, नजर उघारी हेरिदेउ
हे देवी दुर्गे, जगतकी आमा
पुकार हाम्रो सुनिदेउ, यो देश सुध्रोस्
यही छ आशा, सबैलाई सपारिदेउ
हामी नेपाली, नेपाल हाम्रो
यो भाव सबमा जगाईदेउ
यसरी देश सुधार्न पुकार गरिरहेका कर्मचार्यको चिन्ता पनि कम थिएन । एमाओवादी सबैभन्दा बढी धन आर्जन गर्ने सोच र व्यवहारले बिग्रदै गएको उहाँको ठम्म्याई थियो ।
कर्मचार्य भन्नुहुन्छ, ‘सामान्य घडेरी खरिद गर्नु र घर बनाउनु त ठूलो कुरै भएन । तर एमाओवादीमा सम्पत्ति थुपार्ने काम संस्कृतिकै रुपमा विकास भइरहेको छ । यसले पार्टीलाई गलत ठाउँमा पुर्याउँछ ।’
कर्मचार्य भन्नुहुन्छ, ‘सामान्य घडेरी खरिद गर्नु र घर बनाउनु त ठूलो कुरै भएन । तर एमाओवादीमा सम्पत्ति थुपार्ने काम संस्कृतिकै रुपमा विकास भइरहेको छ । यसले पार्टीलाई गलत ठाउँमा पुर्याउँछ ।’
No comments:
Post a Comment