Pages

अँगालोमा शाहरूख-सलमान'

Monday 22 July 2013
मुम्बई (एजेन्सी), श्रावण ८ - मिल्नु आफैंमा रमाइलो कुरा हो, तर कुनै मिलन अप्रत्याशित र उदेकलाग्दो हुन्छ

शाहरूख र सलमान खानले ।एक जना मुस्लिम पूर्वविधायकले दिएको पार्टीमा निम्त्याइएका दुईले एकअर्कासँग गला मिलाएर लामो समयदेखिको कटु सम्बन्धलाई विगत बनाउन खोजेको झल्को मिलेको छ । 'करण-अर्जुन', 'कुछ कुछ होता है', 'हर दिल जो प्यार करेगा', 'हम तुम्हारे हैं सनम' जस्ता सफल फिल्ममा स्त्रिmन सेयर गरेका अभिनेताद्वयले केही वर्षअघि नायिका कटि्रना कैफको जन्मदिनको पार्टीमा भने झगडै गरेका थिए । त्यसको झन्डै छ वर्षपछि यी दुई एउटै अंकमालमा देखिएका हुन् । । यस्तै भयो मुम्बईमा शनिबार साँझको एउटा पार्टीमा, जहाँ दुई दुश्मन अभिनेताहरूले अंकमाल गरे ।
सन् ९० को दशकताक दाजुभाइ जस्ता उनीहरू कटि्रनाको जन्मदिन पार्टीबाट शीतयुद्धमा जानुमा सलमानकी पूर्वप्रेमिका ऐश्वर्या रायलाई शाहरूखले गरेको टिप्पणी कारक मानिएको थियो । त्यति बेला कटि्रना सलमानकी प्रेमिका थिइन् । उनैको पार्टीमा शाहरूखले ऐशमाथि टिप्पणी गरेपछि सलमान आक्रोशित बनेका थिए । केटीको मामिलामा मुडी स्वभावका सलमानले त्यसपछि शाहरूखसँग आफू कहिल्यै नबोल्ने घोषणा गरेका थिए । शाहरूख पनि लौ त भनेर परपरै थिए । यति बेला भने सलमानले एकाएक मित्रताको हात बढाए । हुन त झगडाका कारक बनेका न ऐश उनको साथमा छिन् न त कटि्रना नै । जसका लागि झगडा गरे उही साथमा नभएको अवस्थामा सायद सलमानले पनि त्यसको तुक देखेनन् कि ? छिट्टै विवाहको तयारीमा लागिरहेका सलमान पनि अब एङ्ग्री लभरबाट कुल हुन थालेका पो हुन् कि ?

प्रकाशित मिति: २०७० श्रावण ८ १०:०८ @ekantipur.com

No comments:

Post a Comment