
- गणेश पाण्डे
नेपालमा रोजगारीका लागि विदेशिनेको
संख्या बढ्दो छ । दैनिक १६ सय क्षमतावान युवा हात पाखुरा बजार्न विदेश भासिन्छन् ।
खाडी र मलेसियामा मात्र वैध-अवैध रुपमा झण्डै २५ लाख नेपाली छन् । नेपालबाट
विदेशिने युवाको तथ्याङ्क र रेमिट्यान्सबाट धानिएको अर्थतन्त्रबारे त खुबै चर्चा
हुन्छ । तर, काम खोज्दै विदेश पुगेका औसत दुईजना नेपालीले...