Pages

उत्तमलाई भोट माग्दै साँगीतिक कार्यक्रम;

Monday 29 July 2013

तेजन खड्का ।साँझ झमक्क परिसकेको थियो, व्यस्तताका वाबजुद पनि दर्शकहरुले राम्रो साथ दिइरहेका थिए, उर्लाबारी चोकमा भएको एक सांगीतिक कार्यक्रममा । नेपाली टेलिभिजनबाट शनिवार राति प्रसारण हुने कार्यक्रम स्वर संग्राममा टप ५ मा पुगेका मोरङ जाँतेका उत्तम मगरको प्रस्तुतिले दर्शकदीर्घलाई कार्यक्रम नसकिउन्जेलसम्म कार्यक्रम स्थल नछोड्न बाध्य बनायो । आइतवार साँझ उर्लाबारी चोकमा स्वर संग्राम कार्यक्रममा सहभागी उत्तम मगरलाई बिजयी बनाउन भोट माग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । ‘एउटा फूल के माँगु यो धर्तीसँग तिम्रो लागि बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका उत्तमले आधा दर्जन गीत गाएर सुनाए । गायक मगरले तुलशी आँगनमा रोपौंला गीत गाँउदा दर्शक दीर्घाबाट तालको बर्षा भयो । कतिपय दर्शकहरुले त नाचेर पनि साथ दिए । तिमीसँग नजर जुदाई डराएको याद आयो तिम्रो मिठो मुस्कानमा हराएको याद आयो, पहिलो पहिलो माया लगायतका सेन्टिमेन्टल गीतहरु गायक मगरले गाउँदा उपस्थित दर्शक भावुक भए ।
पूर्वेली टाईम्स July - 28 - 2013

No comments:

Post a Comment