Pages

आचारसंहिता पूर्ण रुपमा लागु गर्न सहमत;

Monday 29 July 2013

दमक ।उच्च माध्यमिक शिक्षा परिषद्ले लागू गरेको आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्ने झापा दमकका उच्च माध्यामिक विद्यालयहरूले प्रतिवद्धता जनाएका छन् । परिषद्ले जारी गरेको पोशाक, आचरणसम्बन्धी संहिता पूर्ण रुपमा लागु गर्न उनीहरू सहमत भएका हुन् ।
युनिक कलेज दमकले गरेको अन्तरकृयामा विद्यालयका प्राचार्यहरूले मोटरसाइकल, मोवाइल र मिनि स्कर्ट विद्यालयमा प्रतिबन्ध गरिएको बताएका हुन् । हिमालय उच्च माध्यमिक विद्यालयका प्राचार्य बिदुर खतिवडाले विद्यार्थीहरूलाई अनुशासन कायम राख्न र शैक्षिक अबस्था सुधार्नका लागि आचारसंहिता अनिवार्य गरिएको बताए । ‘विद्यार्थीलाई अनुशासनका राख्नका लागि आचारसंहिता लागु गर्नुपर्छ’, उनले भने, ‘कलेजहरूले यसलाई अनिवार्य कायम राख्नुपर्छ ।’
सिद्धार्थ उच्च माविका निर्देशक तेजकुमार श्रेष्ठले मिनी स्कर्ट, मोवाइल र मोटरसाइकल निषेध गर्न सबै उच्च माविहरू प्रतिवद्ध हुनुपर्ने बताए । तर अनेक बहानामा आचारसंहिता लागु नगर्नेमाथि कार्बाही हुनुपर्ने उनको भनाई थियो ।
पूर्वेली टाईम्स July - 29 - 2013

No comments:

Post a Comment