इन्दु पूर्वेली, बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाले सदस्यता वितरणमा गरेको प्रकृयागत त्रुटी सच्याउन र भवन निर्माणको हिसाव-किताव सार्वजनिक गर्न माग राख्दै आन्दोलनरत पत्रकारहरुले शुक्रबार दोस्रो दिन पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।साधारणसभामा भएको सहमति विपरित नेपाल पत्रकार महासंघ झापा शाखा नेतृत्वले एकपक्षीय ढङ्गमा ४२ जनालाई महासंघको सदस्यताका लागि सिफारिस गरेपछि नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ र आदिबासी जनजाति पत्रकार संघ आबद्ध पत्रकारहरु विरोधमा उत्रिएका हुन् ।
चरणबद्ध विरोधका कार्यक्रम अन्तरगत बिहीबारबाट धर्ना शुरु गरेका पत्रकारहरुले शुक्रबार पनि ११ बजेदेखि २ बजेसम्म महासंघ झापा शाखाको कार्यालयमा धर्ना दिएका हुन् ।
धर्नापछि आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति चिन्तामणि दाहालले महासंघ कसैको विर्ता संस्था हुन नसक्ने बताउँदै साझा फोरम बनाएर सञ्चालन गर्न वर्तमान नेतृत्वलाई सुझाव दिए । पूर्वेली टाईम्स July - 26 - 2013
No comments:
Post a Comment