Pages

बालिका बलात्कारको आरोपमा किशोर पक्राउ;

Monday 29 July 2013

रामप्रसाद भट्टराई (सचिन), उदयपुर पाँच वर्षीया बालिका बलात्कार गरको आरोपमा आइतवार एक किशोर पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१५ की पाँच बर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका १५ बषीय सुवास मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
मगरले बालिकाको घरमा कोही नभएको मौका छोपी ललाई फकाई आफ्नै घरमा लगेर बलात्कार गरेको बालिकाले बताएको प्रनाउ श्रेष्ठले बताए । घटनापछि एक कान दुईकान मैदान भई गाउँलेहरुले पक्राउ गरी मगरलाई प्रहरी समक्ष बुझाएको जनाइएको छ । मगरलाई घरमै लुकेर बसेको अवस्थामा गाउँलेले पक्राउ गरेको प्रहरीले बतायो ।
बलात्कारका कारण बालिकाको गुप्ताङ्गमा चोट लागेको र दुखेर सहन नसक्ने भएपछि अभिभावकले सोध्दा उनी बलात्कारमा परेको थाहा पाएका थिए । सामाजिक लोकलाजका कारण परिवारले तत्काल घटना सार्वजनिक नगरेपनि गाउँलेहरुले थाहा पाएर अपराध लुकाउन नहुने भन्दै घट्ना बाहिर ल्याईएको थियो ।
जिल्ला अस्पताल उदयपुरमा वालिकाको स्वास्थ परीक्षण भएको छ । उजुरी आएलगत्तै पक्राउ परेका मगरले बलात्कार गरेको स्विकारेको श्रेष्ठले बताए । घटनाको बारेमा थप अनुसन्धानका साथै कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पूर्वेली टाईम्स July - 28 - 2013

No comments:

Post a Comment