Pages

फेसबुकबाट पत्ता लाग्छ आत्महत्याको चाहना;

Wednesday 24 July 2013

असार २३ – जीवनदेखि विरक्तिएर कसैले आत्महत्या गर्ने सोचाइ बनाएको छ भने अब सामाजिक सञ्जालबाट त्यसको पत्ता लाग्ने भएको छ ।

ड्रकहेम नामको एक परियोजनाले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) नामको प्रबिधि प्रयोग गरेर मानिसले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर आदि) मा पोष्ट गरेका शब्द र वाक्यबाट आत्महत्याको चाहना पत्ता लगाउछ ।
जुलाई २ मा शुरु भएको यस परियोजनाले अहिले वृद्ध सैनिकहरुमा काम सुरु गरेको छ । वृद्ध सैनिकहरुमा आत्महत्याको दर उच्च रहेको पाइएको छ । परियोजनाले वृद्ध सैनिकहरुको ल्यापटप वा एन्ड्रोइड डिभाइसमा एउटा एप्लिकेसन राख्छ ।
एप्लिकेसनले ती व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका हरेक कुराको रेकर्ड मेडिकल डाटावेसमा राख्छ । त्यो रेकर्डलाई पछि एआईको प्रयोगले विश्लेषण गर्छ ।
यस परियोजनाले आत्महत्या गर्न चाहने सबै व्यक्तिको बारेमा भन्छ भन्ने छैन तर अध्ययन अनुसार आत्महत्या गरेका ६५ प्रतिशत वृद्ध सैनिकहरुले आफ्नो सामाजिक सञ्जालमा केही न केही संकेत छोडेको पाइएको छ ।
यही आधारमा सुरु भएको परियोजना पूर्ण सफल नभए पनि आत्महत्या र सामाजिक सञ्जाल बिचको सम्बन्धलाई थाहा पाउन सहयोगी हुने विज्ञहरुको अनुमान छ ।
तर आत्महत्या गर्न चाहने ब्यक्तिले आफ्नो भावना बारेमा बताउन चाहदैनन् । यो परियोजनामा भने व्यक्तिको चाहनामा मात्र भाग लिइन्छ ।ujyaaloonline.com
 

No comments:

Post a Comment