Pages

पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा;

Wednesday 24 July 2013
पोखरा, साउन ९ – पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको
छ । विमानस्थल निर्माणका लागि सरोकारवालाहरुसित सैद्धान्तिक सहमति भएर अहिले डिजाइन अन्तिम चरणमा पुगेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यस्तै प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पनि सम्झौताको तयारी थालेको छ । केही दिनभित्र सम्झौता हुने प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बताउनुभयो । पोखरा र भैरहवामा विमानस्थल बनेपछि धार्मिकस्थल लुम्बिनी र पर्यटकीय क्षेत्र पोखराको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । हवाई यातायातको सुविधा भएपछि पर्यटकहरु सहज रुपमा आवतजावत गर्न सक्ने भएकोले पर्यटन प्रवद्र्धन र आर्थिक विकास मजबुत बन्ने उहाँको भनाइ छ। Posted: Wednesday, Jul 24, 2013 / ujyaaloonline.com

पोखरा

No comments:

Post a Comment