Pages

बेलायती गद्दीका उत्तराधिकारी जन्मिए;

Wednesday 24 July 2013
Untitled-1
बेलायती मिडिया ठूल्ठूलो अक्षरमा एउटा समाचार छाप्न व्यस्त छ- बेलायती गद्दीका तेस्रो नम्बरका उत्तराधिकारी जन्मिएका छन्। वर्तमान महारानी एलिजाबेथी द्वितीयाकी पनातिको जन्म सोमबार स्थानीय समय अनुसार अपराह्न ४ बजेर २४ मिनेटमा भयो। नवजात शिशुको नाम घोषणा गरिएको छैन। जन्मँदै मुखमा सुनको चम्मा लिएर आएका ती शिशु हजुरबुबा चार्ल्स र पिता विलियमपछि तेस्रो नम्बरका उत्तराधिकारी हुन्।

supersplash-BOY_1769376a
केट मिडिलटन प्रसव वेदना भएर अस्पतालमा गएको बेलादेखि बेलायती मिडियासहित विश्वका प्रमुख मिडिया ब्रेकिङ न्युजका ब्रेकिङ न्युज ठोक्दै बसेका थिए। यो क्रम जन्मिसकेपछि पनि जारी थियो।
RoyalBaby_02_1761250a

No comments:

Post a Comment