Pages

‘रत्‍नपार्क रमिता’ जस्तो नहोस् बेलबारी बर्बरता कान्ड

Wednesday 24 July 2013
सोमबार भएको बेलबारी बर्बरता कान्डका फोटोहरुसहितको प्रमुख समाचार देशको राष्ट्रिय दैनिक कान्तिपुरले
आज बुधबार छापेको छ। ठूला मिडियाले समेत प्राथमिकता दिएपछि बेलबारी बर्बरताका दोषीहरुलाई कारबाही गर्न दबाब बढ्ने आशा गर्न सकिन्छ। हिजै मुख्य सचिव लीलामणि पौडेलले मलाई फोन गरी यो घटनामा दोषीलाई कारबाही गर्न निर्देशन दिएको तर ठूला मिडियाले यो समाचार नदिएकोमा आश्चर्य व्यक्त गरेका थिए। कान्तिपुरको यो समाचारले प्रशासनलाई कारबाही प्रक्रिया छिटो अघि बढाउन दबाब दिने आशा गर्न सकिने भएको छ। अरु ठूला मिडियाहरु पनि यो खबरको भित्री पाटोलाई उजागर गर्न लागोस्।
म आशा गर्छु यो घटना चार वर्षअघिको रत्‍नपार्क रमिता कान्ड जस्तो हुनेछैन। २०६६ साल जेठ ६ गते राजधानीको रत्‍नपार्कमा सिंगो राजधानीको सुरक्षाको जिम्मा लिएर बसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठीक सामुन्ने एक महिलालाई निर्ममतापूर्वक लाठीले कुटेर लुगा च्यातचुत पार्दै नाङ्गो पारेर रत्‍नपार्क वरिपरि घुमाइएको थियो। कुनै पनि राष्ट्रिय मिडियाले यसलाई कभर गरेनन्। बरु टाइम्स अफ इन्डियाहफिङटनपोस्टले माइसंसारलाई उद्‌धृत गर्दै घटनाबारे जानकारी अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याए। अब कम्तिमा यस्तो नहोस्। @mysansar.com

No comments:

Post a Comment