Pages

पिपुल्स टाइम्सको कार्यालय तोडफोड;

Tuesday 23 July 2013
दमक ।झापाको दमक-१० स्थित पिपुल्स टाइम्स राष्ट्रिय दैनिक पत्रिकाको कार्यालयमा तोडफोड भएको छ । सोमबार राति साढे ११ बजे अज्ञात ४-५ जनाको एक समूहले कार्यालयको लेखाशाखा कक्षमा तोडफोड गरेको हो । तोडफोडबाट लेखाशाखाको सिसामा क्षति पुगेको सम्पादक कमन देवानले जानकारी दिए ।
सो घट्ना भएलगतै आक्रमणकारीहरुलाई खोजी गरिएपनि फेला नपरेको प्रहरीले जनाएको छ । समाचारको विषयलाई आक्रमणकारीहरुले तोडफोड गरिएको हुनसक्ने सम्पादक देवानले जानकारी दिए । @पूर्वेली टाईम्स July - 23 - 2013

No comments:

Post a Comment