Pages

३९ लाखको राहत बाँड्न पूर्व राजाले करोड खर्चे;

Friday 26 July 2013
११ साउन, धनगढी । सुदूरपश्चिमका बाढीपीडितलाई राहतस्वरुप ३९ लाखको जिन्सी तथा खाद्य समान लिएर
आएका पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार, हिमानी ट्रस्टका कर्मचारी र सुरक्षाकर्मीको भ्रमण खर्च नै राहतभन्दा कम्तीमा तीन गुणा बढी छ ।

पूर्वराजपरिवारका सदस्यसँगै राहत वितरणमा सहयोग गर्न काठमाण्डौंबाट आएका ९० सहयोगी र सुरक्षाकर्मी साउन १ देखि धनगढीस्थित तीनतारे स्तरको रुबस होटलमा बसिरहेका छन् । शाह परिवारका ११ सदस्य साउन ५ र ६ देखि यहाँ छन् । १३ दिन लामो भ्रमण तालिका बनाएर आएको टोली दुई दिन राहत वितरणमा देखिए पनि बाँकी दिन यहाँका पर्यटकीय तथा धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त रहेको कारोबार दैनिकमा खबर छ । उनीहरु १३ गते काठमाण्डौं र्फकने कार्यक्रम रहेको छ ।

भ्रमणमा ज्ञानेन्द्रसहित पत्नी कोमल, छोरी प्रेरणा, बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनी पूणिर्का र कृतिकासहित छन् । भ्रमणलाई सघाउन ९० भन्दा बढी कर्मचारी तथा सुरक्षकर्मी पनि आएका छन् । onlinekhabar.com / Friday 26 July 2013

No comments:

Post a Comment