Pages

मोरङका दुई स्थानमा सप्तकोशी बैक;

Monday 29 July 2013
सुमन घिमिरे, विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकले आइतबार मोरङका दुई फरक-फरक स्थानमा शाखा सञ्चालनमा ल्याएको छ । आइतबारदेखि मोरङको विराटनगर र सौंठाबाट बैंकको कारोबार सुरु भएको छ । दोस्रो शाखाका रुपमा विराटनगर-६ स्थित मुनालपथमा मोरङ व्यापार संघका अध्यक्ष अविनाश बोहरा र उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले संयुक्त रुपमा उद्घाटन गरे । २०६९ असोजदेखि सुरु भएको बैंकले १० महिनाकै अवधिमा पौने १० करोड रूपैयाँ निक्षेप संकलन गरिसकेको बैंक सञ्चालक समितिका अध्यक्ष तारा निरौलाले बताए । यस अवधिमा बैंकले पौने ८ करोड कर्जा लगानी गरी ६ लाख १५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकको केन्द्रीय कार्यालय मोरङको टंकीसिनवारीमा छ ।
मोरङ, सुनसरी र झापालाई मुख्य कार्यक्षेत्र बनाएर कारोबार सुरु गरेको बैंकले ग्रामीण क्षेत्रका ग्राहकको सेवामा सक्रिय रहेको अध्यक्ष निरौलाले बताए । आजदेखि सञ्चालनमा आएको सौंठा शाखाले ग्रामीण जनतालाई सेवा प्रदान गर्ने उनको भनाइ थियो । कृषि र व्यवसायका क्षेत्रमा सेवा पुर्‍याउने बैंकका कार्यकारी अधिकृत मीन सुवेदीले जानकारी दिए । कार्यक्रममा संगठनका अध्यक्ष गोल्छा, संघका अध्यक्ष बोहरा, सञ्चालक समिति सदस्य सुरेश श्रेष्ठ लगायतले छिटोछरितो सेवाका लागि बैंक गम्भीर हुनुपर्नेमा जोड दिए ।
पूर्वेली टाईम्स July - 28 - 2013

No comments:

Post a Comment